Logo

Student Corner

बोटबिरुवासँगको पहिलो अनुभव

Written by: Aiden Man Nhuchhe Pradhan - 32028, Grade IV

Posted on: 17 January, 2024

गत शनिबार म फुर्सदमा थिएँ । मलाई के गरौँ के गरौँ भइरहेको थियो । आमाबुबा  बिहानदेखि मिठा मिठा बास्ना आउने गरी भान्सामा खाना बनाइरहनुभएको थियो । खाना पनि पाकेको थिएन । इन्टरनेट पनि थिएन । मैले आफ्ना गृहकार्य सबै गरिसकेकाे थिएँ । एकचोटि बार्दलीमा गएर मेरो छिमेकीको घर हेरेँ । त्यहाँ त कति धेरै बाेटबिरुवा लगाइएका  रहेछन् । मैले आफ्नो घर वरिपरि हेरेँ । मैले केही बोटबिरुवाहरू देखिनँ । हामीले पनि बोटबिरुवा लगाउनु पर्छ भन्ने मैले सोचेँ । त्यसपछि मैले आमालाई हाम्रो घर वरिपरि पनि रुख बिरुवा लगाउन अनुरोध गरेँ । आमा पनि मेरो कुरा सुनेर खुसी हुनुभयो अनि हामी दुवैजना मिलेर हामीले विभिन्न फलफूल र फूलहरूका बिरुवा ल्याएर आफ्नो घर वरिपरिको खाली जग्गामा रोप्यौँ । त्यसपछि मैले बोटबिरुवामा पानी हालेर अनावश्यक झारहरू टिपेर फालेँ । केही दिनपछि हाम्राे घरवरिपरि पनि छिमेकीको घर जस्तै हरियाली र सुन्दर देखियो । यो मेरो बोटबिरुवासँगको पहिलो अनुभव हो । हामीले आफ्नो घर वरिपरि बोटबिरुवा राेप्याैँ भने हाम्राे घर पनि सुन्दर देखिने रहेछ भन्ने कुरा मैले बुझेँ ।