Logo

Student Corner

मेरा रुचि र बानी

Written by: Ritvik Singh Bhandari - 31039, Grade V

Posted on: 16 January, 2024

सबैका फरक फरक रुचि र बानीहरू हुन्छन् । मेरा पनि केही रुचि र बानीहरू छन् । मेरो रुचि फुटबल खेलमा, गितार बजाउन, पढ्न, लेख्न र गीत गाउनमा छ । म बिहान चाँडै उठ्छु । ओछ्यान मिलाउँछु र मुख धुन्छ । केही समय याेग गर्छु । त्यसपछि एकछिन पढ्छु । भान्साकाेठामा गएर आमालाई काममा सघाउँछु । एकछिन फुटबल खेल्छु । म गितार पनि बजाउँछु । खाना खान्छु र  स्कुल जान्छु । म मेरा मामा, माइजू  काका, काकीलाई नमस्ते गर्छु । घरमा आएका र बाटाेमा हिँड्दा भेट भएका आफन्तहरूलाई अभिवादन गर्छु । स्कुल पुगेर पढ्छु । गुरु र गुरुआमाले दिनुभएकाे सबै काम गर्छु । साथीहरूसँग मिलेर पढ्ने र खेल्ने गर्छु । म घर गएपछि लुगा फेरेर गृहकार्य गर्छु । गृहकार्य सकेपछि घरको काममा  आमा बुबालाई सघाउँछु । केही समय ल्यापटप हेरेपछि साँझ १० बजे सुत्छु ।