Logo

Student Corner

आमा

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 26 December, 2023

जन्म दियौ मलाई,

हिड्न सिकायौ मलाई,

तिमी बोट बनेर,पाल्यौ मलाई,

तिम्रै दान र सङघर्षले हुर्कायौ मलाई।।


 

म हुँ गिलो माटो,

देखाउँदै मलाई सही बाटो,

हरेक कदममा ताली बजाई,

दिई मलाई धेरै रजाई।।


 

त्यसैले तिम्रो नाम बनाउँछु उच्च,

भई एक ज्ञानी र सुयोग्य पुत्र,

पैसाले तिम्रो गुण तिर्न सक्दिन,

पहिले खराब बाटोमा म कहिल्यै लाग्दिन।।


 

तिमी हौ मेरो जीवनको सहारा,

मायाको अपार प्रेम धारा,

लड्दा उनाउँछौ मायाले,

बिरामी हुँदा स्याहार्दै मायाले।।


 

तर खोजे पनि अर्को आमा पाइँदैन,

त्यसैले आमासँगै बिताएको हुँदैन,

आमालाई भगवान् मानेर माया गरौँ,

साथ जहिल्यै दिएर, सम्मान गरौँ।।