Logo

Student Corner

मेरो यात्रा: पाेखरा 

Written by: Aaradhya Prasai - 2027001, Grade V

Posted on: 13 September, 2020

मेरा बाबा, मामु र बहिनी हामी चारजना पोखरा घुम्नका लागि गएका थियाैँ । पाेखरा जानुभन्दा ठिक एक दिन अगाडि मैले आफ्नो सामान तयार पारेर राखेकी थिएँ । मनमा विभिन्न किसिमका कुराकानी खेलाउँदा खेलाउँदै म भुसुक्क निदाइछु । भोलिपल्ट चार बजे हामी पाेखरा यात्राका लागि ठमेलमा पुग्याैँ । बस आफ्नै लयमा हिँडिरहेकाे थियाे । केही समयकाे यात्रापछि बसले बिहानी खाजाका लागि राेक्याे ।  हामी पनि खाजा खानाका लागि हाेटलमा गयाैँ र खाजा पनि खायाैँ  । लगभग आधा घन्टाकाे विश्रामपछि बस फेरि आफ्नै लयका गुड्न थाल्याे । लगभग पाँच / छ घन्टाकाे यात्रापछि हामी पाेखरा पुग्याैँ त्यसपछि होटेलमा गएर बस्याैँ । होटेलमा केही समय विश्राम गरिसकेपछि  हामी बाहिरतिर घुम्न निस्कियाैँ र बाहिरै खान खाएर हाेटमामा आएर सुत्याैँ । भोलिपल्ट हामी सबभन्दा पहिला फेवाताल र फेवाताल बिचमा रहेकाे तालबाराही मन्दिरमा गयाैँ । मैले जीवनमा त्यति ठुलाे ताल कहिल्यै देखेकी पनि थिइनँ । त्यहाँकाे हरियालीले म निकै आकर्षित भएकी थिएँ । फेवातालकाे भ्रमण र अवलाेकनपछि हामी माथि डाँडामा रहेकाे  बौद्ध स्तुपा गयाैँ । त्यहाँ मैले धेरै कुराहरू पनि किनेँ । हामीले निकै फाेटाेहरू पनि खियाैँ । मैले त्यसरी भ्रमण गर्न पाएकी पनि थिइनँ । मलाई पाेखरा निकै रमाइलो लाग्याे । म पाेखरा पहिलाे पटक आएकी थिएँ । भोलिपल्ट हामी बिहानै खाजा खाएर फेरि फेवाताल घुम्न निस्कियाैँ अनि हाेटलमा आएर लुगा फेरेर फेरि घुम्नका लागि निस्कियाैँ । त्यसरी नै त्याे दिन बित्यो  र भोलिपल्ट बिहानै हामी बस स्टपबाट लुम्बिनीकाे यात्राका लागि प्रस्थान गर्‍याैँ ।