Logo

Student Corner

सुन मानव !

Written by: Abiska Giri - 31054, Grade V

Posted on: 25 December, 2023

जब जब म बिहान उठेँ

तब तब सुगाकाे बिलाैना सुनेँ

एउटा बन्द पिँजरामा छ ऊ

निलाे आकाशमा उड्न चाहन्छ
 

मनस्वी राक्षस तिमी

किन उड्न दिन्नाै उसलाई

तिम्राे जस्तै चाहना छ उसकाे

स्वतन्त्र भएर उड्न चाहन्छ ऊ
 

नखाेस उसकाे अधिकार 

छाेड तिम्राे आडम्बरी विचार

हरेक प्राणी स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ

हरेक प्राणीसँग राम्राे सम्बन्ध राख्नुपर्छ 
 

तिम्रा खाेक्रा धाक, धम्की र आडम्बर तिमीसँगै राख

बिन्ती छ मेराे नथुन उड्न देऊ उसलाई

निलाे आकाशमा उड्न चाहन्छ ऊ

निलाे आकाशमा उड्न चाहन्छ