Logo

Student Corner

जीवनको रहस्य

Written by: Yalam Dev Pradhan - 28014, Grade VIII

Posted on: 22 December, 2023

रहस्यमय छ जीवन,

प्रश्नले भरिएको गोरेटो

धेरै सुन्दर छ,

तर अति नै आश्चर्यलाग्दो 
 

खोज्दा खोज्दै बित्छ जीवनको रहस्य,

अन्धकारमा उज्यालोको अस्तित्व,

जिवनको खास अर्थ कहिले नआउला,

अर्थ नआ‍ए पनि, मानिस जीवनमा असाध्यै रमाउँला
 

जीवनको रहस्य के नै हो र ?

खोज्न नै सकिँदैन यसको सत्यता ।

खोजेर पनि के गर्ने ?

मृत्यु नै हो यसको अन्तिम शृङ्खला

 

जीवन खोला झैँ बगेर

जिन्दगीको अघि न अनुभव बोकेर,

ढकमक्क फुल्छ,

जसरी फुल्छ एक वृक्ष
 

रहस्य जीवनको एक न एक  दिन सकिन्छ

जसरी साँझपख सूर्य ढल्किन्छ,

आर्यघाटमा आगो सल्किन्छ

 रहस्य पत्ता नलाग्दै जीवन टुङ्गिन्छ  ।