Logo

Student Corner

मेरो सबैभन्दा प्यारो दसैँको दिन

Written by: Rushka Sapkota - 29024, Grade VII

Posted on: 21 December, 2023

दसैँ, जसलाई बडा दसैँ पनि भनिएको छ, याे  नेपालमा र भारतका सिक्किम र पश्चिम बङ्गालका राज्यहरूमा मनाइने एक महत्त्वपूर्ण हिन्दू पर्व हो। संस्कृतमा, यसलाई विजया दशमी पनि भनिएको छ। नेपालका हिन्दुहरू र अन्य देशका क्षेत्रहरूमा, जस्तै भुटानका ल्होत्शम्पा मानिसहरू र म्यान्मारका गोर्खा मानिसहरूले पनि यसलाई मनाउँछन्। हिन्दू धर्ममा, पन्द्र दिनको दसैँ पर्व एक रमाइलो, पर्व हो जसमा प्रत्येक दिनलाई विशेष उद्देश्यका साथमा चिनाइएकाे छ र केही महत्त्वपूर्ण पुरातात्विक घटनाहरूको स्मरण गरिएको छ।  पहिले नौ दिनमा महिषासुर र दुर्गाको  रूपको बिचको सङ्घर्ष देखाइएको छ। उसलाई अन्ततः दसैँको  दसौँ  दिनमा दुर्गाले पराजित गरेकी  थिइन् ।

मलाई मन पर्ने दसैँको दिन यस लेखमा उल्लेख गरिएको छ। २०८०/०७/०७ को दसैँ मेरो मन पर्ने दिन थियो। त्यही बेला टीकाको दिन थियो । यस दिनमा, मानिसहरू आफ्ना  बाबुआमाबाट आशीर्वाद लिन्छन्  र निधारमा रातो टीका लगाउँछन्। दसैँको मलाई मन पर्ने दिन यही थियो ।

पहिले म साढे ५ बजे उठेको थिएँ किनकि म मेरो गाउँमा थिएँ ।  मेरा काकाहरू पनि त्यहाँ हुनुहुन्थ्याे । हामी सबै उठेर ताजा भएर बिहानको खाजा खायौँ । बिहानको खाजा खाइसकेपछि केही बेर रमाइलो गरेर कुरा गर्‍याैँं । त्यसपछि केही घण्टापछि हामीले खाजा पखायौँ। मेरो गाउँमा नेटवर्क नभएको तर बिजुली भएकोले टिभीले काम गर्‍यो त्यसैले म र मेरो भाइले केही बेर टिभी हेर्‍याै

टीकाकाे दिनमा हामी परिवारका सबै सदस्यहरू भेट्न थालेपछि म र मेरा दिदीबहिनीहरू तयार हुन लाग्यौँ । तयार भएर टीका लगाई आशीर्वाद लियौँ । टीकार सबै कुरा सकिएपछि  त्यही दिन पाठा काट्दै थियौँ । त्यसैले सबै केटाकेटीहरू एउटा कोठामा बसे र अरूले बोका काटेर हामीलाई बोलाइयो। २ वर्ष नेपाल नआएको मेरो दाइले याे काम गरेकाे देख्दा हामी  छक्क पर्‍याैँ र त्यो दिन आयो । त्यसैले म र मेरो दाइ मासु पोल्ना सुरु भयो। त्यसपछि हामी मासु खायौँ र सबै घर फर्कियौँ । म र मेरा आमाबुवा मेरो गाउँ घुम्न जानुहुन्थ्यो। गाउँमा गएर घर फर्किदा रातिको ९ बजिसकेको थियो र रातिको खाना खाएर सुत्न लाग्यौँ ।

त्यसरी नै दिन समाप्त भयो र यो साँच्चै रमाइलो भयो र मैले धेरै रमाइलो गरेँ। दसैँ साच्चै रमाइलो पर्व भए पनि यस वर्षको पर्व गत वर्षको जस्तै हुन सकेको छैन ।