Logo

Student Corner

अवस्था

Written by: Lokesh Shrestha - 24055, Grade XII

Posted on: 20 December, 2023

नेपाल जहाँ उच्च छन् हिमाल,

सौन्दरर्यको यो भूमि,

परेको यो भूमिमा लालची नेताहरूकहाँ

बेचियो हाम्रो यो निर्दोषपन । 

गरिवीकाे जालोमा फसाए

सबै निर्दोष जनतालाई

देखाए उनीहरूले हामीलाई सपना

अहिले भयो त्यो सपना हावामहल । 

लिए प्रतिज्ञा अति ठुला

भरे आफ्ना पाखा परेखा

पीडाका आँशु भोग्नु पर्ने हामी

खाली खुट्टा लिई पसेका सहर ती

आकाश चुम्ने घरका मालिक ती 

खान र बाँसकाे भुमरी सारा हामी 

हामी निर्दोष फस्याैँ ।

बाध्य छाैँ

शक्ति दुरुपयोगको यो परिणाम

आशा अझै बाँकी छ हाम्रो 

न्याय र सत्य फेरि प्राप्त गर्न

आवाज उठोस्, एकता खडा होस्,

घायल माटोको यो घाउ निको होस् ।