Logo

Student Corner

गौतम बुद्ध

Written by: Prapya Mishra - 32049, Grade IV

Posted on: 20 December, 2023

गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा भएकाे थियो । राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए ।  गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । उनको जीवनकाल ५६३ ईशापूर्वदेखि ४८३ ईशापूर्वसम्म रहेको थियाे । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा राजसी सुखमा बिताए। त्यसपछि बुद्धले  घरबार त्यागेर तपस्या गरे । लामाे समयसम्म  तपस्या गरेपछि उनले बुद्धत्त्व प्राप्त गरे । उनले सांसारिक दुःखको जड सम्म पुगेर यी कुराहरू बुझे, “संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुःखको जड भनेको मान्छे आफैँ हो ।”  नेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याति हाल विश्वभर फैलिएको छ । गौतम बुद्धलाई केही हिन्दु पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्‍याएको छ । नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ । हामीले बुद्धका उपदेशलाई अनुसरण गर्नुपर्छ ।