Logo

Student Corner

मेरो स्कुल

Written by: Aryav Dangol - 35003, Grade I

Posted on: 19 December, 2023

मेरो स्कुलको नाम सिफल स्कुल हाे । म कक्षा एकमा पढ्छु ।  मेरो विद्यालय निकै सुन्दर छ । मेरो विद्यालय ठुलो छ । यहाँ धेरै फूलहरू र रुखहरू छन् । मेरो विद्यालय हरियालीले भरिएको छ । मेरो स्कुलमा कक्षा एकदेखि बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षकहरू हुनुहुन्छ । उहाँहरूले मलाई धेरै माया गर्नुहुन्छ । उहाँहरूसँग पढ्न मलाई धेरै रमाइलो लाग्छ । मेरा शिक्षकहरूले मलाई पढाइ र लेखाइमा धेरै सहयोग गर्नुहुन्छ ।मेरो स्कुलकाे कलेजमा पनि पढाइ हुन्छ । मेरो स्कुलमा धेरै कक्षाकोठाहरू छन् । मेरो स्कुल सफा र सुन्दर छ ।