Logo

Student Corner

जाडोको सौन्दर्य

Written by: Surabhi Ghimire - 26012, Grade X

Posted on: 18 December, 2023

सेताम्य हिउँ, छायाँ र चिसाे समय,

सिरसिर हवा, तुषाराे र हुस्सु

पर्वतहरू बेलाबेला लिन्छन् बरफको रूप,

बिर्सिएको थियो धेरै, यो समयको साथ।


 

फूलहरूको छायाँ, सुन्दर र शीतल,

चिसाेको आगमन, बदलिएको वातावरण।

सर्दीको सुरुवात, कुहिराेसँगै मधुराे घाम

मुटु नै हल्लाउने याे कस्ताे जाडाे याम ।


 

पहाड र हिमालहरू छान्न थाल्छन् ताताे

टिपेर चिसाेबाट घामलाई काखमा

गुनगुनाउँदा उनीहरू हिमाली भाकामा

तुषारापात ती हरिया पाखाहरूमा ।


 

बालबालिकाहरू बरफमा गोलाबारी,

रमाई रमाई खेल्छन् वारिपारि

सर्दीको मौसम, रमाइलो र आनन्द मानी

रमाएर एक अर्काकाे हात तानी तानी


 

प्रकृतिको रमाइलो, ठाउँहरूमा सञ्चार,

हिउँकाे सुन्दरता र  जीवनमा नयाँ रङ्ग ल्याउँदै।

टम्म र गम्म भएर बरफमा हराउँदै 

म तिमीलाई बिदा गर्न चाहन्छु ।