Logo

Student Corner

ज्योति

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 18 December, 2023

यही मिर्मिरे ज्योतिमा चराले गाउँछन्

हिमालका चुचुराहरू सुनौलो देखिने गरी टल्कन्छन्

अँध्यारो आकाशबाट चम्किलो सूर्य निस्कन्छ। 

सूर्यको ज्योतिसँग मिर्मिरे बिहानी सुरु हुन्छ
 

ज्योतिले सबैमा आशा ल्याउँछ

सुन्दर दिनको सुरुवात गर्छ

ज्योतिले सबैमा उज्यालो छर्छ 

अध्याँरो  अन्धविश्वासलाई हटाउँछ।। 
 

सुर्य, प्रकाश र चन्द्रमाको ज्योति

सबैले अन्धकारलाई हटाउँछन्

आशाको ज्योतिले निराशालाई हटाउँछ

शिक्षाको ज्योतिले सबैलाई ज्ञान बाड्छ । 
 

फैलाउनुपर्छ यसलाई हामीले

हरेक घर आँगनलाई चम्काउनुपर्छ

देशको उज्ज्वल भविष्य यसले नै बनाउँछ

विश्वमा देशको नाम यसैले चिनाउँछ।।