Logo

Student Corner

फेरि गाउँ जाऊँ जाऊँ लाग्छ…

Written by: Sweta Ghimire - 25001, Grade XI

Posted on: 15 December, 2023

 कुरा  वि सं २०७९ सालको हो ।

सहरको  होहल्ला, प्रदूषण, भिडभाड र अन्य सहरिया कुराले प्रभावित भएको मेरो बाल्यकालले  सहरका  घरहरू, पिच सडकहरू  देखेर र अन्य  सुविधाहरूको लाभ उठाएर नै बितिरहेको थियो । 

यसै बिचमा एक दिन  सपरिवार गाउँ जाने विचार भएको थियो । त्यो विचारअनुसार हामी गाउँ गएका थियौँ । 

आफ्नो  अगाडि सहरको चहलपहल  देख्ने र सुन्ने  बानी भएक यी आँखा र कानले  पहिलो पटक अच्चमको शान्ति महसुस गरे । 

कलाकारले चित्रकलामा रङ्गाएका  गाउँभन्दा पनि मनमोहक गाउँको दृश्य देख्न पाएकी थिएँ ।  गाउँको अन्वेषण गर्ने बेला मधुर आवाजमा असारे गीत घन्किएको र धान रोपेको रमणीय दृश्य पहिलो पटक प्रत्यक्ष आफ्ना आँखाले देख्न पनि पाएकी थिएँ आँपकाे रुख प्वालबाट चरोको बच्चेराले रुख बाहिरको संसार देखेको अनुभूतिजस्तै !

रातीको बेला ८:००  बजे आफू गाडीको आवाज आउन बन्द भएपछि ल अब सुत्ने बेला भो है भन्ने थाहा पाउने मेरो बानी  त्यति बेला गाउँको त्यो नजीकको वनबाट आएको  लोलेङ्ग किराको  आवाजले  नै कति बेला निदाइछु मलाई थाहा  नै भएको थिएन । अर्को दिन  कौसीमा गएर गाउँको  दृश्य हेर्ने बेला मेरो उमेरकाभन्दा साना भाइबहिनी विद्यालय गएको देखेकी थिएँ । 

दिनभरि आफना सङ्गगीसँग  पढ्दै र बिचबिचमा एक घन्टीको बेलामा आफ्ना सङ्गगीसँग लुकीलुकी टिफिन खाने मेरो बानीको याद झलझली आँखाको पर्दामा आएका्े थियो ।  त्यति बेला नै अर्को घरको आँगनमा हेर्दा  बच्चाहरू गिर खेलेको, गट्टा खेलेको देखेर अनौठो लागेको थियो।

त्यो दिन मैले पहिलो पटक  गाउँको  रहन सहनको अनुभूति गर्न पाउँछु भन्ने विचारमा म डुबेकी थिएँ । हेर्दा हेर्दै १ घन्टा बितेको थियो ।  गाईको खोले खाने बेला भएकाले मलाई बाले हेर्न बोलाउनुभएको थियो । म हतारिँदै गाईको गोठमा पुगेँ र  बाले  गाईलाई खोले खान दिएको हेरिरहेँ । 

बाले मलाई अनौठो गरी वा नयाँ तरिकाले  सिसा कलमलाई तास्नुभयो वा भन्नु पर्दा  छुराले वा ब्लेडले सिसा कलमलाई तासको मलाई अहिलेसम्म याद छ । पानी परेकाले त्यो दिन खासै केही भएको थिएन र अर्को दिन वन घुम्न जाने भन्ने निर्णय पनि भएको थियो । मलाई उसै झरीका दिनहरू मन पर्दैन झन त्यो दिन पानी परेकाले मेरो दिन सोचेअनुसार गएको थिएन तापनि अर्को दिनको वन जाने योजनाको प्रतीक्षा गरिरहेकी थिएँ । 


 

भालेबासेको आवाजले  बिहानको ४:००  बजे उठेँ वा वास्तवमा भन्नुपर्दा पहिलोपटक वन जाने उत्साहले नै होला । बिहानको नित्यर्कमपछि ११:००  बजे हामी वनतर्फ लाग्यौँ । आश्चर्यको आँखाले वनतर्फको कच्ची सडकलाई हेरे र काठमाडौंको पिच सडकको याद गरिरहेँ । वनभित्र प्रवेश भएपछि नागबेली घुम्तीको कच्ची सडक सुरु भएको थियो र त्यही घुम्तीको बीचमा मसँग एउटा नराम्रो घटना पनि घटेको थियो अर्थात् मलाई बान्ता आएको थियो। नराम्रो गरी टाउको दुखेको थियो तर बिस्तारै ठीक हुँदै पनि आइरहेको थियो । वनको यही घटनाका स्मृतिहरू सम्झेर  नागबेली कच्ची सडकको बाटो जानै मन पर्दैन आजसम्म । त्यसैगरी आँप, कटहर, लिची आदिको रुख हेर्दाहेर्दै माथिको वनको टुप्पोसम्म पुगेका थियौं ।  त्यहाँ गएर मैले पहिलोपटक वनभोजको अनुभव गरेको थिएँ । सहरभन्दा बेग्लै हरियालीले नै घेरिएको गाउँको सुन्दर दृश्य एकदमै रमणीय थियो तर एउटा कुराले धेरै सताइरहेको थियो । आफ्नै उमेरका  केटाकेटीलाई घाँसको भारी बोकेको देखेर गाई बाख्रा चराएको देखेर धेरै दुःख महसुस भएको थियो र नेपालको शैक्षिक प्रणालीमा सुधार नआएको र आर्थिक विपन्नताको बारेमा मेरा मनमा धेरै कुराहरू खेलिरहे । 

चार/पाँच दिन बितेको थियो खासै कही भएको थिएन  तर ‍गाउँमा एउटा प्रतियोगिताको आयाेजना हुँदै थियाे । त्यो प्रतियोगितामा खेलकुद मन पर्ने मानिसहरूले भाग लिएका थिए । गुच्चा, डण्डी बियो, कबड्डी , चुङ्गी आदि इत्यादि खेलहरूको प्रदर्शन भएको थियो । तर  त्यो खेल प्रतियोगिता भन्दा पनि बिचमा परेको पानीले मलाई आश्चर्यचकित बनाएको थियो  किनकि ती खेलहरूको बीचमा पानी परिसकेपछि मानिसहरूले घुम एक प्रकारको प्लास्टिक ओढेर भागेका थिए । अनि ती मानिसहरूको हुल भित्रमा म पनि एक थिएँ । पाटीमा  पुगिसकेपछि  त्यही कार्यक्रमको प्रतियोगीहरूकोसँग म बोल्न थाले र नयाँनयाँ साथीहरू बनाएकी थिएँ । सुस्मिता, दीपिका र महेशसँग कुराहरू बेली विस्तार गर्दै २ घन्टा बितेको थियो । पानी परेको मौसम  मन नपराउने  म ।  त्यो दिन पानी परि रहोस् जस्तै लागेको थियो । पानी रहिसकेपछि भोलि फेरि भेट हुने भन्ने हाम्रो निर्णय पनि भएको थियो ।

उत्साहले अर्को दिनमा फेरि त्यही पाटीमा गएर कुरिरहेको थिएँ । पालै पिलो महेश दिपिका र सुस्मिता आइपुगेका थिए । उनीहरू मलाई गीर खेलाउने भन्ने कसम खाएका थिए ।  कसमअनुसार महिले पहिलो पटक गीर खेल्न लागेकी थिएँ तर म हिलोको कारणले लडेँ । त्यसपछि महेश र सुस्मिता मेरो घर गएर बालाई बोलाएका थिए । अहिले पनि भकुन्डोहरू हेर्दाखेरि ती पलको सम्झना आउँछ । खुट्टा मर्केको बिसेक भइसकेपछि  हामी फेरि काठमाडौंतर्फ हिड्ने विचार गरेका थियौँ । २ दिन पछि म हिड्न सकेँ अन्तिम चोटि कोदोको ढिँडो आलुको तरकारी, दाल र गुन्द्रुक खाएँ । महेश,सुस्मितासँग अन्तिम विदाइ लिन गएँ । एकछिन त नरमाइलो लागेको थियो तर फेरि घर जान पाउँछु भन्ने यादले खुशी पनि लागेको थियो । सबैलाई बाइ भनिसकेपछि हामी काठमाडौंतर्फ लागेका थियौं ।  बाटोभरि गाडीको गीत सुन्दै म सुतिरहेँ र घर आइपुगेकी थिएँ ।  ती नागबेली सडकहरू, वनले घेरेको गाउँ, सफा वातावरण, रमाइला असारे गीत, राम्रा साथीहरू, अनौठो रहनसहन, नयाँनयाँ मनोरञ्नका खेलहरू, मिठो खानेकुरा, खाजाको याद अहिले पनि आउँछ , सोची रहेको बेला रमाइलो लाग्छ, फेरि गाउँ जाउँ जाउँ पनि लाग्छ । 

गाउँका  त्यी पलहरू फेरि आओस् जस्तै लाग्छ ।