Logo

Student Corner

तारा

Written by: Aashiya Shrestha - 27030, Grade IX

Posted on: 15 December, 2023

यी आकाशमा भएका सबै ताराहरू

हाम्रा सपनाहरू झैँ छन्, ताराहरू 

कहिले एउटा झर्छ भने कहिले अर्को झर्छ 

तिम्रो र मेरो सपना आज यी ताराले भरेको 

आकाशको तल छन्,कहिले पूरा हुने हो थाह छैन । 
 

म तिमीलाई हेर्दै रमिता  मनाउँछु

तिमी ताराहरुलाई हेरी आशा राख्नु

तिमी यी ताराभन्दा केही घटी छैनौ 

आकाशभन्दा धेरै त तिमी  सुन्दर छौ 

 यी ताराभन्दा धेरै त तिमी  चम्किन्छौ  ।

 

मलाई मेराे भविष्य तिमीसँग बिताउन मन छ 

मेरा सपना तिम्रासँग जोड्न मन छ 

हामीसँगै जीवन बिताउने दृश्य हेरी बस्छु 

हामीसँगै भएको कथा बनाई बस्छु  ।
 

तिमी जुनलाइ हेर म तिमीलाइ हेर्छु 

तिम्राे  बोली बस् म सुनिरहन्छु 

तिम्राे  चित्र मेरो दिमागमा कोरिरहन्छु 

तिम्रो आवाजको गीत बनाई बस्छु ।
 

यी आकाशमा भएका सब्बै ताराहरू

हाम्रो सपना झैँ छन् 

कहिले एउटा झर्छ भने कहिले अर्को झर्छ 

तिम्रो र मेरो सपना

आज यी ताराले भरेको आकाशको तल छन् 

आकाशको तल छन्  ।