Logo

Student Corner

रमाइलाे पिकनिक

Written by: Deena Thapa - 24019, Grade XII

Posted on: 14 December, 2023

२०७६ वैशाख १ गते, नयाँ वर्षको दिन म बिहान छिटो उठेर नुहाएर तयार भएँ । घरमा सबै जना उठेर तयार भइसकेका थिए। मैले मेरो मम्मा बाबालाई नयाँ वर्षको शुभ कामना दिएँ र मलाई पनि उहाँहरूले पनि शुभकामना दिँदै टीका लगाइ दिनुभयो ।  टीका लगाएपछि मलाई धेरै दक्षिणा पनि दिनुभयो। म खुशी हुँदै मेरी दिदी र दादाहरूलाई फोन गरेर नयाँ वर्षको शुभकामना दिएँ । मामामाइजू काकाकाकी, अङ्कलआन्टी  सबैलाई नि फोनमा नयाँ वर्षको शुभकामना दिएँ । मैले सबैलाई फोन गर्दा घरमा सबैजनाले वनभोजको तयारी गर्दै हुनुहुन्थ्यो। मैले फोन गरेको धेरै जस्तो सबै आफन्तहरू त्यो वनभोजमा आउँदै हुनुहुन्थ्याे । 

तर पनि मैले सबै लै फोन गरेँ । मम्माले अहिले भेटिहालिन्छ पनि भन्नुभएकै हाे । म भने वनभाेजकाे  उत्सुकताले भरिएकी थिएँ । 

सबै खाने कुराहरू तयार भएपछि हामी घरबाट निस्कियाैँ । हामीले पहिल्यै बस रिजर्भ गरेका थियाैँ । बसमा पनि चढ्याैँ । बसले आफ्नाे गति समात्याे बिचबिचमा आफन्तहरू पनि वसमा चढ्ने काम चलि नै रह्ये । 

नयाँ वर्षको दिन त्यो वर्ष थानकोटमा पक्कै जाम छ भन्ने कुरामा हामी सबैले  सहमत गरेका थियाैँ। बिहानदेखि नै केही नखाएको भएर बाटोमा चिप्स र चीज बलहरू किनेर खाएका थियाैँ हामी बच्चाहरूले चाहिँ । आफ्नो गन्तव्यमा पुगेपछि ठुलाहरूले वनभोजकाे लागि लिएर आएका म्याट, कुर्सी , तबलाहरू ओछ्याए । 

हामी बच्चाहरू त्यहीँ बस्याैँ । मभन्दा केही महिना सानो मेरो दुई ओटा बहिनीहरू पनि आएका थिए । हामी तिन जनासँगै बसेर खेलहरू खेल्याैँ । हामीले खेलिरहेको बेला पहिलो खाजा हामीलाई लिएर दिनुभयो। हामी सबै बसेर उसिनेको अन्डा , ब्रेड र जाम,  ठुलाहरूले चिया र बच्चाहरूले दुध, चना, आदि खाने कुराहरू पहिलो खाजाका रूपमा खायाैँ । खाजापछि ठूला मान्छेहरूले खानको तयारी गर्नुभयो। 

वनभोजको लागि ल्याएका भाँडाहरू निकालेर, ग्रीलका लागि मासु पोलेर, पुलाउ अनि धेरै कुराहरू बनौउनतिर लागे। कोहीले गीत बजाएर रमाइलो गर्न थाले भने कोही धेरै पछि भेटेकोमा गफ गर्न थाले । थानकोटकाे त्रिभुवनपार्कमा धेरै अरु मान्छेहरू पनि वनभोजका  लागि आउनुभएको रहेछ। म र मेरा बहिनी,  दिदीहरू बल लिएर पनि आएका थिए । हामी वल पनि खेल्याैँ । 

एकछिनको लागि नजिकै रहेकाे पसलमा गएर अनेक थरिका खाने कुराहरू खायाैँ । आफ्नो वनभोजको ठाउँमा जाँदा हामीलाई बोलाएर खाजाहरू पनि खान दिनुभयो। हामी सबैले मिलेर फेरि खाजा खायाैँ  । त्यसपछि घुम्न पनि गयाैँ । हामीले धेरै फाेटाेहरू पनि खिच्याैँ ।

नया वर्षको उत्सवमा गीत बजाएर सबै जना मिलेर नाच्याैँ पनि । ठुला मान्छेहरूले नयाँ वर्ष भनेर अलि अलि पिउने पदार्थ पनि खानुभएक थियाे । सबै जनाले रमाइलो गर्दै गर्दा हाम्रो वनभोजको ठाउँको छेउको वनभोज गर्ने मान्छेहरूको समानमा आगो लग्याे । कसैलाई केही नभए पनि त्यो ठाउँ चाहिँ अलि जोखिमपूर्ण भएकाले र हाम्रो समूहमा धेरै बच्चाहरू भएकाले हामीले आफ्नो त्यो ठाउँ छोडेर अलि परको ठाउँलाई राेज्याैँ । अध्यारो हुँदै आएको थियो त्यसैले खानाको बन्दाेबस्त भयो र हामी सबैले बेलुकाकाे खान पनि खायाैँ । खाना खाएपछि हामीले गीतहरू झनै ठुलोसँग बजायाैँ र नाँच्न थाल्याैँ । नजिकमा वनभोज गरेका टोलीहरू पनि हामीसँगै मिसिए । 

राति नै भएपछि हामीले आफ्नो समानहरू थन्काएर फर्किनलाई तयार हुन लाग्याैँ । पानी पर्लाजस्तो थियो त्येसैले हामीलाई छिटोछिटो सबैजनालाई तयार हुन भनियाे । सबै समान थन्काएर फर्किन लाग्दा त हामीले रिजर्फ़ गरेको गाडी नै थिएन। मेरो मामा ले त्यो गाडी चलाउने मान्छेलाई फोन गर्दा पहिला चाहिँ १० मिनेट मा आउँछु भनेको थिए तर पछि त फोन नै नउठाएर बसे । हामी बाटोमा नै थियाैँ । केही बेरमा नै ठुलो पानी पर्न थाल्यो र हामी एउटा पसल भित्र बस्नुपर्यो । कता जाने कसरी घर जाने नै थाहा भएको थिएन । त्यो बेला केही बेर अगाडि हामीसँग रमाइलो गरेका टाेलीहरू पनि घर जना निक्लेका रहेछन् । काकाले  ती मान्छेहरू एकछिन कुराकानी गर्नुभयो । घर जाँदा मैले त मेरो फोन नै त्यो गाडीको सिटमा छोडिछु । भोलिपल्ट त्यो गाडीको मान्छेले फोन गरेर हाम्रो घरमा मेरो फोन नै ल्याएदिनुभयाे । त्यो वर्ष हाम्रो परिवार सबै मिलेर गएको अन्तिम वनभोज थियो । काेराेनाका कारण हामी प्रत्येक वर्ष वनभाेज जाने काम राेकिएकाे थियाे । याे वनभाेज २ वर्षपछि मात्र भएकाे थियाे ।