Logo

Student Corner

न्यायका लागि विद्रोह

Written by: Sauharda Bajracharya - 26010, Grade X

Posted on: 14 December, 2023

कुनै एउटा गाउँमा एक शिशुको जन्म भयो । जहाँ मानिसको दैनिक जीवन रङ्गले भरिएको थियो, तर शासक भने अँध्यारो औँसी जस्तै थिए । अर्जुनको जन्मले गाँउमा एउटा खुसीको प्रकाश छाएकाे थियाे । उनी गरिब परिवारमा जन्मे पनि ठुलाे हुँदै जाँदा उनमा असमानता र  न्यायको लागि अटल जोश थियो ।

त्यस देशका राजा चाहिँ भ्रष्टाचारमा डुबेका थिए । गाउँलेहरूको श्रम र मिहिनेतलाई धनीहरूलाई बेचेर राजा आफू मोजमस्ती गर्थे । गाउँलेहरूलाई दमनमा राखेर, धम्की दिएर, धेरै कर उठाएर, राजाले गाउँलेहरूको आवाज दबाएका थिए । अर्जुनले आफ्नो गाउँका मानिसहरूको पीडा देखेका र बुझेका थिए । बुढाबुढीहरूको सङ्घर्ष, गरिबीले रूवाएका बच्चाहरू, राजाको न्यायले छुट्टाएको परिवारहरू र आफूले भोगेका पीडाहरू । राजाको यस्तो निर्दयी शासनलाई हटाउन अर्जुनले आफैँले नै केही गर्ने निर्णय लिए । पुरातन ठुलाठालुले सुनाएका कथाहरूबाट प्रेरणा पाएर अर्जुनले न्यायको लागि साहसी खोज सुरू गरे । उनले आफ्नै गाउँठाउँका आम जनताबाट सहयोगीहरू खोजे । यस्ता मानिस जो परिवर्तन र नयाँपनका खोजीमा थिए । सँगै सबै मिलेर एउटा राजालाई चुनौती दिने र राजाको विरोध गर्ने एउटा  समूह तयार भयाे। 

राजाको दरबारको ढोकामा हातहतियार लिएर जाँदा राजाको सैनिकले रोक्ने र आक्रमण गर्न नमिल्ने भएको कारण उनीहरूले अर्कै रणनीति बनाए । अर्जुन र अरूले गाँउका मानिसहरूलाई आशा र एकताको सन्देश फैलाउन थाले । किसानदेखि विद्वान् सबैलाई क्रान्तिको सन्देशवाहक बनाउन थाले, सबैलाई आफ्नो अधिकारका बारेमा शिक्षा दिन थाले । 

गाउँमा क्रान्तिको आवाज फैलिएझैँ, राजाका सल्लाहकारहरूले उनलाई आउन लागेको आँधीबारे चेतावनी दिए । शासकको मनमा डरको भावना जन्मियो, उनले झन् आफ्नो शक्तिलाई बलियो बनाए । तैपनि यसले झन् क्रान्तिकारीहरूको ज्वालालाई मात्र बढावा दियो । 

अर्जुनले कुेरेको दिन आयो- आन्दोलनको दिन । अर्जुन र उनका सहयोगीहरूले शान्तिपूर्ण आन्दोलन गरे । राजाको दरबार अगाडि । उनीहरूले हातहतियार बोकेनन्, शान्ति र आशा दिने नाराहरू तयार पारे । ‘हिंसाले समस्या मात्र निम्त्याउँछ, शान्ति नै अनन्त समाधान हो ।’

पीडामा परेका मानिसहरू न्यायको माग गर्दै दरबार अगाडि आवाज उठाउँदै थिए । कुनै समयमा सबैभन्दा शक्तिशाली र सर्वोच्च दरबारका ढोकाहरू जनताको आवाजले काँपिरहेका थिए । 

दरबारको ढोका हल्लियो । त्यँही थिए, राजा । सर्वोच्च शासक अुनहार र मन दुवैमा डर भरिएको । अर्जुन अग्लो भएर उभिएँ । आँखाको नजर अटल राखेर । उनले राजासँग शान्तपूर्वक कुरा गरे । उनले राजालाई राजाले आफूले गरेका गल्ती सम्झाए, ती गलत हुन् भने । उनले राजालाई शासन छोड्न भने । राजा शासन छाेड्न सहमत भए । 

हप्ता दिनपछि, अदालतमा मुद्दा सुरू भयो । सबै जनताको टोली भएको कारण, न्यायधीशहरूले भ्रष्ट नभई, न्याय दिनु पर्यो । अदालतले राजाले गरेको काम गलत र आफ्नै राज्यलाई हानी पुर्याएको भने । राजालाई आफ्नो शासन छोड्न आदेश दिइयो । 

अर्जुनको गाँउ एउटा भ्रष्ट र अनुचित शासकबाट मुक्त भयो । गाँउमा स्वतन्त्रता र एकताको नयाँ भावना प्रतिस्थापन भयो । अर्जुन आफू शासन नबनिकन, जनतालाई नै नयाँ शासक चुन्न लगाए । अर्जुन निर्देशन र आशाको एउटा किरणको रूपमा उभिए । त्यसपछि, राजालाई चुनौती दिने व्यक्तिको नामले अर्जुनको कथा वर्षौँसम्म फैलियो ।