Logo

Student Corner

सुन्दर दिन

Written by: Shabdika Nepal - 28029, Grade VIII

Posted on: 14 December, 2023

बग्दछ सुन्दर दृष्य बनाएर 

सेतो, निलो पानी पहेंलो किनार 

सफा चिसो पानी हेर न बगेको 

बगाई किनारको माटो लगेको। 
 

हेर्दै थिएँ  पानीमा आफ्नै मुहार 

झस्किएँ सुनेर कसैको गुहार 

अलि पर नदीमा कोही रहेछ 

नदीले बगाई लैजान खोजेछ।
 

उसलाई त्यहाँ देख्दा मेरो मन 

निकै नै आत्तियो खै किन हो किन 

हेरेर त्यसरी बस्न म सकिनँ 

हाम फाली गएँ उसलाई लिन । 
 

पौडी खेल्दै गएँ ऊ भएको ठाउँ 

किनारामा ल्याएँ सफा गरेँ घाउ 

अनि खुले उसका आँखा साना साना 

रहेन मेरो त खुसीको सिमाना। 
 

आफैँमाथि निकै गर्व गरेँ मैले 

कसैको जीवन बचाएँछु मैले 

उसले मलाई धन्यवाद दियो 

त्यसै गरी त्यो दिन सुन्दर भयो।