Written by: Dibrani Thapa - 30011, Grade VI
Posted on: 14 December, 2023
तपतप तपतप पातमा पर्ने वर्षाकाे पानी
थाेपा थाेपा सङ्लिएर खाेलामा मिल्न जानी
कलकल बग्दै पहाड छिचल्दै सम्म फाँट पुग्ने
जीवजन्तु, वनस्पति सबकाे प्यास मेट्ने
कहिले बन्दै उग्र तिमी उर्लिएर विनाश निम्त्याउँछाै
लामाे यात्रा तय गरी समुद्रमा सुस्ताउँछाै
हल्का हल्का बादल बनी आकाशभरि छाउँछाै
गृष्मकालमा शीतलता दिन भनी आउँछाै