Logo

Student Corner

इन्द्रजात्रा

Written by: Anshuman Shah Thakuri - 32046, Grade IV

Posted on: 14 December, 2023

हाम्रो देश नेपाल परम्परा र रीतिरिवाजले भरिपूर्ण छ । चार जात छत्तिस वर्णको हाम्रो मातृभूमिमा इन्द्रजात्रा एक महत्वपूर्ण नेवारी चाड हो । यो चाडलाई नेवारी भाषामा येँया  पुन्हि पनि भन्ने गरिन्छ । तर नेवार बाहेक अरु मानिसहरूले पनि उत्तिकै रमाइलोका साथ यो चाड मनाउँछन् । इन्द्रजात्रामा काठमाडौँमा बिदा दिइन्छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गाे (ध्वजा) स्थापना गर्नु हाे । हरेक वर्ष इन्द्रजात्राको लिङ्गाे(ध्वजा) को लागि काठहरू भक्तपुर देखि ल्याइन्छ । पूजा गरिने रथ तीनवटा हुन्छन् । यसमा कुमारीदेवी, भैरव देउता र गणेश भगवानलाई राख्ने गरिन्छ। रथहरूलाई काठमाडौँको वसन्तपुरबाट असन र नरदेवी अनि अन्य ठाउँहरू घुमाइन्छ । रथहरू तानिने समयमा मानिसहरू नाचगान गर्दै, बाजा बजाउँदै हिँड्ने गर्दछन् । यस जात्रामा मजिपमत लाखेलाई कुमारीको रक्षक बनेर अघिअघि नचाइदै लगिन्छ । इन्द्रजात्रा आठ दिन मनाइन्छ । यस जात्रामा मजिपमत लाखे, आकाश भैरव, चन्डिकाश्वर, कुमारी र कालभैरव आदिको नाच देख्न सकिन्छ । वर्षमा एक पटक आउने यस चाड निकै रमाइलोका साथ मनाइन्छ । यस चाडमा भैरव, कुमारी, गणेश र लाखेको निकै महत्वपूर्ण भूमिका हुन्छ ।