Logo

Student Corner

एक्लै मुस्कुराउनुकाे मज्जा नै बेग्लै !

Written by: Shuvanshis Gautam - 25059, Grade XI

Posted on: 13 December, 2023

सिफल स्कूलभन्दा पहिले म सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा पढ्थेँ । सैनिक स्कुफमा म झण्डै चार वर्ष विद्यार्थीका रूपमा शिक्षा आर्जन गर्ने मौका पाएको थिएँ । 

यी चार वर्षाले मलाई यति धेरै कुरा सिकायो कि वर्णन गर्ने हाे भने किताबै लेख्न पनि सकिन्छ । याे कारणले पनि म संस्थाप्रति आभारी छु। त्यहाँ मैले शिक्षासँगै शारीरिक व्यायापमका थुप्रै लाभहरू लिएँ र सिकेँ पनि । 

फर्केर हेर्दा सैनिक स्कुललाई म एउटा सानो समाज भनेर पनि  मान्छु । एउटा विद्यालयका लागि चाहिने सबै तत्वहरू छन्  त्यहाँ । विद्यालयभित्र प्रसासनिक विभाग,भौतिक विभाग ,मेडिकल र शैक्षिक विभागहरू रहेका छन् ।

यहाँ केटाहरू लागि छात्राबास आनिवार्य थियो त्यसैले घर फर्किदा छिमेकीले पनि माइत आयो भन्दै  जिस्काउँथे ।  मेरो चार वर्षको यात्राले मलाई धेरै परिस्थितिसँग आफै लड्ने सिप पनि प्रदान गर्यो । यस संस्थाले जीवनको सबै भावनाहरूसँग मेरो राम्रो परिचय गराएको छ। 

संस्थाले मलाई दिएका भावनाहरू अझै पनि  ताजा  हुन्छन् जब म अनुशासनको  मूल्य जान्दै गर्छु । यदि जीवनको अर्थ  शिक्षित हुँदै  जानु हो भने सैनिक जीवनकाे अर्थलाई पनि दिने अर्थ हो । यो कुरा मैले त्यसै जनाएको होइन यो मैले महशुस गरेको कुरा हो ।  

बाहिर  जेसुकै भने पनि तालको गहिराइ त हाम फालेपछि नै थाहा  हुन्छ । माथिबाट कहाँ हेर्दा खासै  गहिरो लाग्दैन तर हाम फालेपछि  यसको असल गहिराइको अनुमान हुन्छ । चाबी भेटिनुको खुसी त जताततै ताल्चा लागेको मानिसलाई थाहा हुन्छ । 

हरेक दिन एउटा नयाँ किस्सा हरेक दिन एउटा नयाँ सोच लिएर उठ्ने ठाउँ मेरो त्यो सैनिकको चारहाते  खाटबाट सुरु हुन्थ्यो । अरु शैक्षिक संस्था जस्तो बिहान जुरुक्क उठेर हतारहतार नास्ता खाँदै  विद्यालय दौडिनुपर्ने थिएन यहाँ । बिहानको  पहिलो पल आफूले आराम गरेको बिस्तारालाई सम्मान नगरी  उठ्न पाइदैनथ्याे । 

केही दिन आदेशले गरियाे समयले बानी पार्याे जुन बानी मैले अझै बनाएकै छु । हेर्दै जाँदा पत्ता लागाएँ  कि जे कुरा सजिलै पाइन्छ या आफूसँगै हुन्छ त्यसको कदर गरिदैन । तीर्थ श्रेष्ठ सरकाे आमाबुबाको तथा परिवारप्रतिको मोहसम्बन्धी कुराले म अहिले पनि द्रवीभूत हुन्छु ।  जुन अन्नको मैले मूल्य झण्डै बिर्सिसकेको थिएँ । त्यहीँ  अन्न त मैले खानुभन्दा अगाडि सधैँ इज्जत गर्दै प्रार्थना गर्ने बानी पनि त्यहीँबाट सिकेँ भनूँ । सबै साथीहरू पनि छात्रवास भएका कारण एकै छातामुनि हामी २८० भाइ  बस्थ्यौं । छात्रवासका  गुरुहरूको निगरानीमा बस्थ्याैँ । जब म त्यहाँ पढ्दै थिएँ मैले त्यस ठाउँको मूल्य बुझ्न सकिनँ। त्यहाँ नियम कानुन कडा थिए । १३ बर्षको बच्चा देखि १८  वर्षका युवकहरूलाई पनि साढे ५  बजे उठ्न अनिवार्य थियो । उठ्नासाथ नित्यकर्म गरेपछि हामीलाई ट्रयाक सुट लगाएर  ६  बजे  दौडनु पर्थ्यो। मैले त्यो बिहान उठेर दौडिनुको अर्थ बुझेकै थिइन तर यो त अनुशासन  वृद्धिको पहिलाे पाइलाे  रहेछ। 

अब मैले पनि त्यसबेला कनै सोचू त मलाई त लाग्थ्यो आठै बजेसम्म सुत्न दिएको ती राम्रो हुन्थ्यो होला। मान्छेले बन्छन्  जन्मेको  महिना कपाल काट्नुहुँदैन भनेर  मैले जन्म दिन मै कपाल काट्नु पर्यो त्यो पनि छोटो आर्मी कटाइ । सुन्दाखेरि अचम्मको लाग्ला तिर मानिसहरू सबैको आफ्नै अलग चरित्र र स्वभावले सैनिकलाई एउटा सामाज नै बनाएको थियो। यहाँ भरोसा नै  एउटा ठूलो कुरा थियो सबै साथीहरू नै परिवार थिए कुनै कुरा लुक्दैन थियो एक अर्काबाट  सबै साथीहरूको दिन पछि सकेपछि सबै हाम्रो सेक्सनको केटाहरूको आज बितेको दिनको प्रतिक्रिया सुन्दा ११ त बजि नै हाल्थ्यो । हामी त्यति साथीहरू भएर पाटी नगरेको त हुँदै हैन उमेरै त्यस्तो थियो । कति पक्डियाे कति आजै पनि सबैको यादमा छ । ती चार वर्षहरू मेरा जीवनको सबै भन्दा धेरै आनुभव बटुलेका दिनहरू थिए । जाडो महिनामा साढे पाँच बजे उठेर दौडिदा साथी ५ मिटर टाडा हुँदा पनि देखिदैनथे कारण अध्याराे अनि कुहिराे । पौषको जाडोमा गोजीमा हात हाल्दाको सजाय मैले त्यस्तो बेला केही बहाना बनाउन सिकेको थिइनँ कि मलाई गार्हो छ त्यो हात पुरै सुन्निएकाे थियो । बिहान चिसाे धाराको पानीले जब हात धुन्थेँ  तब तातो  महसुस हुन्थ्यो मेरो हात दौडेर आएपछि त्यो जाडोले बेसी चिसो हात भएकाले तातो महसुश हुन्थ्यो । जब वरिपरिको चिसोभन्दा बेसी चिसो खेपेको हुन्छ हामी वरिपरिको चिसो त न्यानो महसुस हुँदोरहेछ । यस्ता कुरा यदि मैले अरु कुनै विद्यालय पढेको भए थाहा पाउँथेँ जस्तो मलाई लाग्दैन । सानो सानो कुरामा पनि शिक्षा र भाव देख्न थालेँ तबदेखि मलाई लाग्यो कि साँच्चै नै मैले केही गर्दै थिए। केही पुगेरै मलाई थाहा पाए  भोजनभन्दा त भोकै मिठो हुँदो रहेछ । पहिले मैले खानाको त्यति कदर गर्दैनथेँ  ।

दिउँसाेभरि खटिएको त्यो शरीरले नि बुझ्यो कि स्वाद त ज्यानको एउटा अङ्गलाई मात्र चाहिन्छ तर शक्ति ज्यानको सबै अङ्गलाई चाहिदोरहेछ । भोकै लागेको भए पनि हामीलाई खानुभन्दा अगाडि एउटा लामो मन्त्र  उच्चारण गर्नुपर्थ्यो जुन संस्कृतमा थियो । 

परिवर्तनशील समय नेट या फोनबिना कोही बस्न नसक्ने जमाना । मेराे चार वर्ष नेट र फाेनबिहिनजस्तै भएँ 

अहिले ती पलहरू सम्झन्छु । एक्लै मुस्कुराउँछु । एक्लै मुस्कुराउनुकाे मज्जा नै बेग्लै ! तपाईहरूले पनि महशुस गर्नुभएकाे छ हाेला नि याे कुरा त !