Logo

Student Corner

शैक्षिक भ्रमण बीपी कोइराला सङ्ग्रहालय

Written by: Riti Niraula - 27029, Grade IX

Posted on: 13 December, 2023

मिति २०८० सालकाे साउन महिनामा हामी कक्षा नौ र दशका विद्यार्थीलाई सिफल स्कुलबाट शैक्षिक भ्रमणमा लगिएको थियो । शैक्षिक भ्रमणको लागि हामीलाई बीपी कोइराला मेमोरियल विज्ञान तथा प्रविधिक सङ्ग्रहालयमा लगिएकाे थियाे । हामी अरू दिनहरूझैँ विद्यालय आयौँ र करिब साढे नौ बजेतिर स्कुलबाट कीर्तिपुरतर्फ लाग्यौँ । हामी सबै जना रमाउँदै र गीत  सुन्दै गइरहेका थियाैँ । हामीमध्ये कोही बसमा निदायाैँ । करिब एक घण्टाको सफरपछि १०:१५ मा हामी कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल विज्ञान तथा प्राविधिक सङ्ग्रहालयमा पुगेका थियाैँ ।

त्यहाँ हामीलाई एक जनाले बीपी कोइराला सङ्ग्रहालय वि.सं. २०७६ सालमा नेपाल सरकारले  स्थापना गरेको जस्ता महत्त्वपूर्ण कुराहरू बताए । त्यसपछि उनले सर्वप्रथम त्यहाँका मेसिन देखाए। उनले देखाए कि बल र दबाबको कारणले गर्दा त्यो मेसिनमा बल राखे त्यो हावामा एउटै ठाउँमा बस्छ । हामीले त्याे मेसिनलाई हेर्न पायाैँ । त्यसबाट हामीले धेरै कुरा सिक्याैँ । त्यसै गरी हामीले अन्य धेरै मसिनहरू पनि हेर्यौ। हामीले हेड अन ए प्येटर भने कुरा पनि देख्याैँ जसले प्रतिबिम्बबारे धेरै कुराहरू सिकायो । त्यसपछि हामीले विभिन्न तरिकाको ऐना, ध्वनि यात्रा, रोबोट, प्रतिक्रिया समय मेसिन, रोबोट आदि हेर्यौँ जसले हामीलाई विज्ञान सम्बन्धी धेरै कुराहरू सिकायो। 

हामीले किताबमा पढेका कुराहरू नै  त्यहाँ प्रत्यक्ष रूपमा देख्यौँ र अझ राम्रो तरिकाले बुझ्न पायाैँ । हामीले त्यहाँ एउटा फुलमाया भन्ने रोबोट पनि देख्यौँ । रोबोट मात्र नभएर हामीले हिँडेर बज्ने पियानो पनि देख्यौँ । कराँतलाई छुँदा झट्का लाग्नु सट्टा आबाज निस्कने मसिङ पनि देख्यौँ । हामीले त्यस्तै अन्य वायुमण्डल, बत्ति, बिजुली, सम्बधी धेरै मेसिनहरू पनि देख्यौँ । हामीले ती मेसिनहरूबाहेक बोट बिरुवाहरू पनि देख्यौँ । त्यहा डि.एन. ए सम्बन्धी पनि धेरै कुराहरू राखिएको थियो । हामीले सामाजिक विषयमा पढेका विभिन्न मूर्तिहरू पनि त्यहा देख्यौँ । त्यसपछि हामीले त्यसा विभिन्न जनावरूका कङ्काल पनि देख्याैँ । यी सबै हेरेपछि हामी बाहिर निस्कियाैँ र केही तस्बिरहरू पनि खिच्यौँ । अनि हामी करिब ११:३० तिर त्यहाँबाट स्कुलतर्फ प्रस्थान गर्यौँ । त्यसपछि हामी त्यहाँकाे सुन्दर दृश्य हेर्दै हाम्राे विद्यालयतर्फ फर्कियौँ । हामी स्कुल आइपुग्दा १२:३० बजेको थियो। हामीले त्यसपछि खाजा खायौँ अनि फेरि पढ्न थाल्यौँ ।

अन्त्यमा यो स्थलगत भ्रमणमा हामीले विभिन्न विज्ञान सम्बन्धी धेरै कुराहरू सिक्ने अवसर पायाैँ । किताबमा पढेका कुरा परीक्षण र अवलाेकन गर्न पाउँदा धेरै रमाइलो महसुस भएको थियो । यस भ्रमणमा देखेका, सिकेका र अनुभव गरेका कुरा  हाम्राे सिकाइका साथी र सहयाेगी बन्नेछन् भन्ने मलाई विश्वास र आशा छ ।