Logo

Student Corner

डियरवाक सिफल नाइट

Written by: Aayaan Rai - 31006, Grade V

Posted on: 13 December, 2023

डियरवाक सिफल नाइट हाम्रो स्कुलको सबैभन्दा भव्य कार्यक्रम हो । यो कार्यक्रममा विद्यार्थीहरू विभिन्न क्लब जस्तैः आई.टि.एफ, म्युजिक, नृत्य, नाटक,याेग, चित्रकला आदिमा भाग लिन सक्छन् । आई.टि. एफ  क्लबका विद्यार्थीहरूले आफ्नाे साहसिक खेल देखाउँछन् । म्युजिकमा कसैले  मादल, गितार,  पियानिका आदि बजाउँछन् भने कसैले गीत गाउँछन् । नृत्य क्लबका विद्यार्थीहरूले राम्रा राम्रा गीतमा नृत्य गर्छन् । याेग क्लबका विद्यार्थीहरूले विभिन्न याेगका आसनहरू गर्छन् । डियरवाक सिफल नाइटमा  धेरै रमाइलो हुन्छ । यस कार्यक्रममा विद्यार्थीहरूका अभिभावकहरू आफ्ना छाेराछाेरीकाे प्रतिभा अवलाेकन गर्न आउनुहुन्छ। यो कार्यक्रममा ठाउँ ठाउँमा क्यामेरा राखिएका हुन्छन् । यो कार्यक्रम‌को भिडियो खिचेर युट्युब, फेसबुकमा पनि राखिन्छ । यो कार्यक्रम वर्षको २ वटा शुक्रबार हुन्छ । बिहीबार चाहिँ हाम्रो रिहल्सल हुन्छ । यो कार्यक्रममा हामीले हाम्राे क्षमता देखाउन सक्छौँ । यो कार्यक्रममा धेरै मजा आउँछ ।