Logo

Student Corner

काठमाडौँ सहर

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 12 December, 2023

हिमालयको मुटुमा रहेकाे मेराे देश

जहाँ सपनाहरू आरोहण हुन्छन्

रहस्यमय सहर र सपनाकाे याे मेराे देशमा

जहाँ कथाहरू कहिल्यै समाप्त हुँदैनन् ।


 

याे विराट ठुलो सहर काठमाडौँमा,

बस्ने र सजाउने सपनाकाे सबको रहर।  

ढाकिएको छ बूती र घना सहरले

याे सँगै मानिसका ढाकिएका छन्

अनगन्ति मानिसका रहरहरू ।


 

धार्मिक आस्थाकाे धराेहर पशुपतिनाथ,

जहाँ गर्छ श्रद्धाको शान्त आत्माले ग्रहण ।

बौद्धनाथ अग्लो उभिएर हेर्दैछ सहर ,

नेपाली आकाश मुनि छ यो शान्तिको स्तूप ।


 

हलचल छैनन् मानिस जहाँ आशा बाेकेर

बिच सडकमै खम्बा बनेर रहेका छन्,

परम्परा र आधुनिकता बिच यो घुमाउरो बस्ती

जहाँ संस्कृतिहरू मिल्छन्, सबै एकअर्कासँग।


 

तन, मन र धनकाे नाता गाँस्दै

मित्रताकाे सम्बन्ध गाँसिरहेछ 

याे काठमाडाैँ आश्रयकाे सहर

सभ्यता र रहरकाे सहर काठमाडाैँ ।