Logo

Student Corner

साथी

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 12 December, 2023

साथी हुन्छन् अनेक

मिल्ने चाँहि हुन्छ एक

खाजा बाड्ने,मित्रता साट्ने,

रातराति एकअर्काको कपाल नि बाट्ने ।।


 

कहिल्यै छोड्दिन भन्थ्यौ साथ,

तर गाह्रो हुँदा छाडेर जान्छौ साथ,

झुटाे र असल छुट्याउन गाह्रो हुन्छ,

समय आएपछि साँचो थाहा हुन्छ ।।


 

साँचो साथी हुन्छ यस्तो,

सूर्यको किरण जस्तो,

कहिल्यै छोड्छिन् साथ,

गाह्रोमा झन् हुन्छन् आफूसाथ।।


 

तर कहिल्यै त्यस्ता साथी पनि हुँदैन,

समय र भाग्यले दिँदैन साथ,

त्यतिबेला विगतको आउँछ याद,

पहिलेको मनले याद आउँछ।।


 

सँगै बसेर खेलेको दिन,

बिर्सिन मैले कहिल्यै सक्दिनँ,

अहिलेको समयलाई सदुपयोग गर,

पछि गएर अफसोस नमान।।