Logo

Student Corner

दसैँ

Written by: Rabi Harsha Adhikari - 32013, Grade IV

Posted on: 12 December, 2023

 

दसैँ हाम्रो राष्ट्रिय चाड हो । यो चाडलाई दसैँ, बडादसैँ, नवरात्रि, विजयादशमी पनि भनिन्छ । यो चाड वर्षा ऋतुकाे समाप्तिपछि असोज शुक्ल पक्षमा नौ दिनसम्म दुर्गा देवीको पूजा गरी मनाइन्छ । यो चाडको पहिलो दिन पूजाकोठामा जमरा राखिन्छ । जमरा राख्ने दिनलाई घटस्थापना भनिन्छ । यो चाडको समयमा चङ्गा उडाइन्छ र यो चाडमा विद्यालयमा लामो बिदा हुने हुनाले हामी मामाघर अथवा अन्य स्थानहरू  जाने गर्छौं । यस चाडका बेला मालश्री धुनको सङ्गीत पनि बजाइन्छ । यो चाडमा नयाँ नयाँ कपडा लगाउने, मिठो खाने, चङ्गा उडाउने आदि गरिन्छ । यो चाडको अन्तिम दिन घटस्थापनामा राखिएको जमरा टिपी मान्यजनको हातबाट टीका र जमरा लगाइन्छ र आशीर्वाद लिइन्छ । यो चाडले हामीलाई सरसफाइ गर्न, पूजापाठ गर्न, मान्यजनहरूलाई सम्मान गर्न सिकाउँछ । यो चाडमा पशुपन्छीको बली पनि दिइन्छ। यो चलन धेरै समयदेखि चल्दै आए पनि राम्रो हो जस्तो मलाई लाग्दैन । सप्तमीको दिन ल्याइने फूलपाती, अष्टमीका दिन गरिने विशेष पूजा, नवमीका दिन गरिने नवदुर्गा पूजा र दशमीको दिन लगाइने टीका नै यस चाडको विशेषता हो । हामी सबैले चाड अनुशासित भई मनाउनुपर्छ ।