Logo

Student Corner

डाँडापारिकाे गाउँ

Written by: Sonu Lama - 27013, Grade IX

Posted on: 11 December, 2023

हरियालीले भरिएकाे डाँडा पारिकाे त्याे गाउँ

शान्त स्वभावका मानिसहरू त्याे मन पर्ने ठाउँ

वनका शान्त रुखहरूले दिने चिसाे हावा

सँगै बहने कलकल गर्दै दाैडिरहेकाे खाेला


 

त्याे पारिकाे सुन्दर शान्त, गाउँ

माया लाग्छ मलाई म जन्मेकाे ठाउँ

बुझ्न मन लाग्छ प्रकृतिकाे चाेखाे मायामा 

र हाउभाऊ, भन्छ प्रकृति घुम मेरै छायामा

आएर मेराे हात समाऊ भन्छ ।



 

उता मिली बस्छन् आफ्नै परिवार

सहयाेग सबैलाई छैन कसैलाई तिरष्कार

कसैलाई दुःख परे मद्दत पनि गर्छन्

काम गर्छन् मिलीजुली

छाउँछ खुसीयाली मनमा

उमङ्ग छाउँछ याे मेराे तनमा


 

हिमाल, पहाड, तराईबासी हामी

सबकाे मन नेपाली 

सहर छाेडी त्याे बाल्यकालमा बसेकाे गाउँ

माया लाग्छ मलाई म जन्मेकाे ठाउँ

हावापानी बेग्लै छ त्यहाँ

यता बसे पनि मन मेराे छ त्यता ।