Logo

Student Corner

किसानको महत्त्व

Written by: Saphal Pokharel - 31052, Grade V

Posted on: 11 December, 2023

 किसान भनेका खेतबारीमा काम गर्ने मानिस हुन् । उनीहरूले कृषि सम्बन्धी काम गर्छन् । हामीले किसानहरूलाई सम्मान गर्नुपर्छ। किसानलाई झरी, बादल, शीत, घाम केहीको पनि डर छैन । उनीहरूले आफ्नो काम गरेनन् भने यो संसारका मानिस भाेकभाेकै  हुन्थे । किसानले नै हाम्रो लागि फलफूल, तरकारी, अन्न फलाउँछन् । किसानहरू धेरै मिहिनेती हुन्छन् । हामी पनि किसान जस्तै हुनुपर्छ । उनीहरूले धेरै सालदेखि हाम्रो भोक टार्न धेरै मेहनत गरेका छन् । तिनीहरूको सङ्घर्ष, उत्साह र कर्मशीलताले हामी प्रेरित छौँ । उनीहरू दिनदिनै हाम्रो भोक टार्न धेरै मिहिनेत गरेका छन् ।  यो मिहिनेती उनीहरूको कर्मशीलता र संघर्षप्रतिको उत्साहमा देखिन्छ । उनीहरूमा घमण्ड हुँदैन । कहिल्यै अल्छी गर्दैनन् आफ्नो काम सधैँ गर्छन् । त्यसैले हामीले किसानहरूले गर्ने कामको सम्मान गर्नुपर्छ ।