Logo

Student Corner

भावनाहरू

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 08 December, 2023


 

भावना एक प्रकारको अनन्त र अमूर्त,

म त्यो कल्पनामा डुब्न चाहन्छु

म त्याे संसार हेर्न चाहन्छु 

धेरै कुरा म भन्न चाहन्छु,

दुखको कुरा म सक्दिनँ।


 

अनुभूति शब्दमा के बयान गरुँ

 भन्न नसकिने चिज रहेछ

देखाउन नमिल्ने चिज रहेछ,

वा हामी एकदमै बस्छौँ,

त्यो भावना हो ।


 

कठिन समयमा बुझ्नलाई 

कसैलाई पाउन गाह्रो हुन सक्छ,

चिन्ता नगर म यहाँ छु।

म तिमीलाई बुझ्नेछु र,

तिमीलाई बुझाउँला।


 

तिमी रुन सक्छौ,

तिमी हाँस्न सक्छौ

तिमी चिच्याउन सक्छौ

तर  आफैलाई घृणा नगर

घृणाले संसार चल्दैन

संसारकाे सार अनाैठाे छ ।


 

तिमी मेरो लागि प्रेरणा हौ,

तिमी मेरो उचाइमा साथमा उभियौ,

मेराे सहारा र जीवन बनेर

जीवनकाे मूल्य र महत्त्व बुझेर ।


 

प्रिय तिमी तिमी नै हाै

मन लागेको कुरा गर,

विगतलाई फर्केर नहेर,

यो पीडादायी पनि हुन सक्छ,

याे अतीतले वर्तमान बिगार्न सक्छ 

वर्तमानले भविष्य सुधार्छ । 


 

वर्तमानमा म अझै राम्रो गर्न सक्छु,

मेरो मनले मस्तिष्कले मलाई भन्छ,

भलाइ र सहयाेग एक सन्तुष्टि

सन्तुष्टि नै जीवनकाे अर्थ 

नफाल्नु खेर समय यत्तिकै व्यर्थ ।


 

बेवास्ता गरे

दुख्न सक्छ,

पीडा हुन्छ,

जब समय उड्छ

यो त्यसै निको हुनेछ।