Logo

Student Corner

त्याे अविस्मरणीय पल

Written by: Aditya Gupta - 25048, Grade XI

Posted on: 07 December, 2023

कक्षा १० काे परीक्षा सकिएलगत्तै विद्यालयले पार्टीकाे आयाेजना गर्याे । हामी जम्मा ५४ जना विद्यार्थीहरू थियाैँ । मनोरञ्जनका लागि जुनियर कक्षाका विद्यार्थीहरूले गीत, नृत्य आदि प्रस्तुत गरे । हामी सबैले पार्टीको आनन्द उठायौं र हामीलाई प्रमाणपत्र, पुरस्कार आदि दिइयो र हामी घर फर्कियौँ । 

त्यसलगत्तै  कक्षा १० को अन्तिम महिनामा हाम्रा प्रिन्सिपलले कक्षा १० का सबै विद्यार्थीका लागि भ्रमणको योजना बनाउनुभयो । पहिलो दिन बिहान ८ बजे काठमाडौंबाट निस्केर बेलुका ८ बजे पोखरा पुग्यौँ । 

हामी सबै बाटोमा थुप्रै ठाउँमा जाममा पनि पर्याैँ । यात्राका क्रमामा हामीले प्रत्येक ४ घण्टामा ब्रेक गर्थ्यौं । प्रिन्सिपलले हाम्रा लागि सबै खाना बुक गरेको ठाउँमा खाना खान्थ्यौँ र हामी सबैले रमाइलो गर्यौं । 

म्युजियम हेर्न गोरखा गयौँ र सबै डाँडा चढेर सुन्दर दृश्य देखेर फर्कियौं । यात्राको क्रममा हामी सबै गीतहरू बजाउँथ्यौं र हामी सबै नाच्यौं । पोखरा होटलमा पुगेपछि हामी फ्रेस हुन कोठामा गयौँ र लुगा फेरेर सामान राख्यौँ । हामी प्रत्येकमा ५ जना विद्यार्थी भएको केही समूहमा छुट्यायौं। फ्रेस भई खाना खायौँ र खाना खाएपछि हामी सबै विद्यार्थी र प्रिन्सिपल गीत बजाउन, गाउन र नाँच्दै रात रमाइलो गर्न बाहिर निस्कियौँ र रमाइलो गरेर कोठामा सुत्‍यौं । बिहानै हामी सबैजना फ्रेस भई बिहानको खाजा खायौँ । 

विन्दवासिनी मन्दिरमा पुजा गर्न गयौं  त्यहाँ पुग्न डुङ्गामा चढ्यौं र हामीले धेरै सुन्दर दृश्यहरू देख्यौं र हामी सबैले रमाइलो गर्यौं। पूजा सकेर हामी आफ्नो होटल फर्कियौं र पोखराको शिव प्रतिमा हेर्न निस्कियौं । हामीसँग बसबाट त्यहाँ जाने बाटो थियो तर हामी सबै त्यहाँ पुग्न पहाड चढ्यौं र हामी सबै रमाइलो गरिरहेका थियौं र हामी त्यहाँ पुग्यौं र खेल्यौं र फर्कियौं । हाम्रो होटलमा फर्किएपछि हामीले खाना खायौं र हामी सुन्दर तालको वरिपरि घुम्न गयौं । त्यसपछि हामी सबै फर्केर सुत्‍यौं । भोलिपल्ट हामी सबैजना बसमा बसेर चमेरे गुफा हेर्न गयौं र धेरै कुरा हेरिरहेका थियौं त्यसपछि एउटा पार्कमा फरक कुरा हेर्न गयौं । 

हामीले झरना देख्यौं र धेरै गुफाहरूमा प्रवेश गरी भगवानको मूर्ति र झरनाको अन्त्य देख्यौं। हामी सबैले आफ्नो जीवनको हरेक पलको आनन्द उठायौं। हामी सबै धेरै पहाड चढेर शान्तिस्तुप गयौं र त्यहाँ आराम गर्यौं र होटलमा फर्केर सुत्‍यौं। भोलिपल्ट चितवन गयौँ र धेरै सांस्कृतिक नृत्य र नाटक देख्यौं र होटल बाहिर निस्क्यौं फरक दृश्य हेर्न र धेरै फोटो खिच्यौं । भोलिपल्ट बिहान हामी जङ्गल सफारीमा लाग्यौं । पहिले हामी र्याफ्टमा गयौं र धेरै पानीका जनावर र धेरै चराहरू देख्यौँ । त्यसपछि हामी हाम्रो जीपमा गहिरो जङ्गलमा गयौँ र धेरै जनावरहरू देख्यौँ र हामीमध्ये कतिपयले बाघ पनि देख्यौं त्यसपछि हामी होटलमा फर्कियौँ र त्यसपछि आफ्नो सामान लिए र हामी । मनकामना मन्दिर जान लागेका थियौँ र त्यहाँ पुगेर केबलकारमा बसेर त्यहाँ पुग्यौँ । पुगेपछि हामी आफ्नो होटेलमा गयौं र हामी हेर्न बजार जाँदै थियौं र हामी सबै आ-आफ्नो होटलमा गएर आराम गर्यौँ। भोलिपल्ट बिहान ५ बजे हामी सबैजना मन्दिरमा पूजा गर्न जान तयार थियौँ र त्यहाँ रमाइलो समय बिताएर राती ९ बजे घर फर्कियौँ ।

मेराे अहिलेसम्मकाे याे यात्रा अविस्मरणीय बन्याे ।