Logo

Student Corner

पर्यावरणीय न्याय

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 07 December, 2023

धेरै दिन भाे

खै किन हाे

बिहानी मस्काएकाे देखेकाे छैन

उषाकाे किरणले

शीतकाे थाेपा

सुकाएकाे देखेकाे छैन।


 

प्रकृति साैन्दर्यकाे मुटुमा 

हामी खडा छाैँ

उम्रिदै गरेकाे बिरुवा 

बाेट हुन सकेकाे छैन

कलकल बग्ने खाेला

सुरिलाे भाकामा

नागबेली बगाइ र सुसाइमा सुनिदैन

सुरिलाे भाका र सुन्दरता ।


 

सानाे किरादेखि 

ठला ह्वेलसमेत

आफ्नाे पनमा बाँचेकाे

महसुस छैन ।

प्रकृतिकाे माटाे,

हामीले फेर्ने सास, 

पिउने पानीमा 

स्वाद र मिठास भरिएकाे छैन।


 

लाग्छ,

आमा समान धर्तीकाे 

माया र चिन्ता कसैलाई छैन

भाे, अत्ति भाे

अब हामी जुट्नुपर्छ

हाम्राे न्यायका लागि 

लड्नुपर्छ ।

पर्यावरणीय न्याय र युवाकाे नेतृत्व

सबैकाे मन मस्तिष्कमा

किला सरी गड्नुपर्छ।


 

तब त

सुनिश्चित हुन्छ

पर्यावरणीय न्याय

सामाजिक न्याय र मानव अधिकार

अनि त

सम्भव छ प्राणीमात्रलाई

स्वतन्त्र हुने अधिकार र

हुनेछन्

सुनिश्चित हाम्रा अधिकार।


 

आऔँ 

हातेमालाे गराैँ र जुटाैँ

पर्यावरणीय न्यायका लागि

देश र विश्वभरि

हामी सबैकाे 

एेकेबद्वताले सम्भव छ

राम्राे संसार र हाम्राे संसार ।