Logo

Student Corner

२०८० कार्तिक ७ गते मङ्गलवारकाे दैनिकी

Written by: Aarohan Timsina - 29057, Grade VII

Posted on: 07 December, 2023

बिहानको हल्ला सुनेर मेरा आखा खुलेँ । त्यो दिन म धेरै खुसी भएर उठेँ । त्यो दिन विजया दशमीको दिन थियो । त्यस दिनमा हामीलाई टीकार जमरा लगाउनु पर्ने हुन्थ्यो । त्यो दिन मैले उठेपछि खान खाएँ र नुहाएँ । त्यो दिन मेरो घरका सबै जनाले नयाँ लुगा लगाए । मैले पनि लुगा लगाएर टीका लगाउन गएँ । मलाई सबैले टीका लगाइदिएँ ।  अनि मैले धेरै आशीर्वाद पनि पाएँ । त्यो दिन मैले मेरो ठुलोबुबाको घरमा खान खाएँ । त्यसपछि म आफ्नो घर फर्केँ । सबै जना त्यहाँ आएका थिए । हामीले त्यहाँ धेरै मजा गर्‍याैँ । त्यसबेला मेरो घरमा एउटा रमाइलो माहोल थियो । हाम्रो घरबाट सबै जना गएपछि म बाहिर सामान किन्न गएँ । बेलुका मेरो घरमा मेरो मामा आउँदै हुनुहुन्थ्यो । मेरो मामा अमेरिकाबाट धेरै लामो समयपछि आउनुभएको थियो । त्यसैले त्यो दिन मेरो घरमा मेरा बुबा र आमाले मिठो खाना पकाउँदै हुनुहुन्थ्याे । मामाहरू पनि आउनुभयो । एउटा सानो भाइ पनि आएको थियो । त्यो भाइ हामीसँग खेल्न थाल्यो । त्यो भाइ मेरो नयाँ किनेको आर सी कार सँग खेल्न थाल्यो । त्यो भाइले खेल खेल्दै त्यो कार नै भाचिदियो । म धेरै दुखी भएँ तर मैले ती बज्यैलाई केही नभनी खेल्न दिएँ । त्यसपछि म मेरो ठुलोबुबाको घर गएँ र त्यहाँ बेलुकाको खाना खाएँ । त्यसपछि म आफ्ना दाइहरूसँग भकुण्डो खेल्न थालेँ । म भकुण्डो खेलेपछि घर फर्केँ । घरमा म एकछिन आराम गरेँ र बेलुका मलाई ममीले चित्र कोर्न लगाउनुभयो । मैले एकछिन सोचेर एउटा चित्र बनाएँ । त्यो चित्र बनाउन धरै समय लग्यो । आन्तिममा त्यो चित्र धेरै राम्रो भयो ।  मैले चित्र बनाएपछि मेरो बुबा र आमालाई देखाएँ । उहाँले त्यो चित्र धेरै राम्रो छ भन्नुभयो । त्यो चित्र उहाँले मेरो कोठामा हालिदिनुभयो । राति म त्यसपछि खाना खान बसेँ । खाना धेरै मिठो थियो । मामा आएका कारण घरमा महिनाको पहिलो पटक मासु पाकेको थियो । मैले धेरै मिठो मानेर खान खाएँ । त्यसपछि मामा र मैले गफ गयाैँ । मामासँग कुरा गर्दा धेरै रमाइलो लाग्यो । उहाँ त्यो रात रति ८ बजे जानुभयो । उहाँ गएपछि मैले एकछिन मोबाइल हेरेँ र बहिनीसँग खेलेँ । राति १० बजेपछि पनि पिउन तल गएँ अनि खाटमा पल्टिएँ ।