Logo

Student Corner

साँगा भ्रमण

Written by: Rajshree Shrestha - 32050, Grade IV

Posted on: 07 December, 2023

म र मेरो परिवारले गएकाे शनिबार साँगा भ्रमण गरेका थियौँ । साँगा एकदम रमणीय स्थान रहेको छ । साँगामा सबैभन्दा ठुलो महादेव भगवानको मूर्ति रहेको छ । त्यस ठाउँबाट डाँडा, हिमाल, पहाडहरू राम्रोसँग देख्न सकिन्छ । त्यहाँबाट काठमाडाैँ उपत्यका पनि देखिन्छ । म त्यो ठाउँमा धेरै रमाएँ । त्यहाँ सफा वातावरण छ । साँगाकाे मन्दिर भित्र पस्न टिकट काट्नु पर्छ । मेरो बुबाले टिकट काट्नुभयो । तर १० बर्ष भन्दा माथिको लागि मात्र टिकट काट्नु पर्ने रहेछ । म चाहिँ सित्तैँमा भित्र छिर्न पाएँ । मैले त्यहाँ राम्रा राम्रा ठाउँहरूकाे फोटोहरू र भिडियोहरू पनि बनाएँ । मैले त्यस ठाउँमा नेपालीहरू मात्र नभई हाम्रो छिमेकी राष्ट्र भारतबाट पनि धेरै पर्यटकहरू भ्रमणका लागि आएको देखेँ । नेपालको पर्यटकीय स्थल साँगा मन्दिर साँच्चैनै सुन्दर रहेको छ ।