Logo

Student Corner

अज्ञानी छोरा

Written by: Samriddha Sapkota - 24067, Grade XII

Posted on: 06 December, 2023

बच्चामा आफ्नो परवाह नगरी हुर्काए 

जति नै गाह्राे पर्दा पनि हात थामेर साथ आए 

नराम्रो गर्दा थप्पड लगाई कराए 

गलतलाई गलत र सहीलाई सही भनि सम्झाए । 


 

सायद त्यही नै थियो तपाईंको प्रेम जुन मैले बुझ्न सकिन

कसरी तिरूँ ऋण तपाईंको

माफ गर्दिनु केही दिन सकिन

बुबा आमा तपाईं यो संसारमै महान् 

दिनुभयो मलाई साहस, हिम्मत र प्रेमको ज्ञान 


 

आउनुभयॊ तपाईं यो सहर ल्याई जम्मा एउटा बोरा रे 

तपाईको नाक ठूलो बनाउँछ तपाइको यो छोराले 

त्यो बेला परिश्रम गर्नुभयो खानु भएन हार 

तपाई‌कै मेहेनतले आज चढी हिड्न पाएको छु मैले कार 


 

गरे गल्ति सम्झा भाे परे पिट्नु पनि भयो होला 

तपाईंको त्यही मायाले आज सफल भाको छ यो छोरा 

त्यो बेला लाग्थ्यो कुट्नुहुन्छ मलाई के माया छैन र 

अहिले थाहा हुँदै 

सफा गर्नु भाको रैछ हुन लागेको रैचु म फोहोर 


 

कति पैसा गयो तपाई‌ंको परिश्रम पनि मलाई पढाउन 

म चाहिँ आल्छि गर्थेँ तपाई‌ंको पैसा सकाउन 

बैस लाग्यो मलाई अज्ञानी म थाले तपाई‌ंलाई हप्काउन 

गल्ती भयो भिख माग्दै छु तपाई‌ंबाट माफ पाउन 


 

थिएन मेरो मन कालो सधैँ थिए गोराे 

माफ चाहिँ दिनु मलाई भए म अज्ञानी छोरा 

अल्लि पख्नू बाबा हजुरको नाम म उच्च पर्छु ।।