Logo

Student Corner

यादहरू

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 06 December, 2023

बाल्यकालका ती मिठा दिनहरू

हाँसाे खुसीमा बिताएका

पल पल अनि छिनहरू

मेराे मन मनमा भरिरहेका छन् ।


 

खेलेका, घुमेका ती मेरा पल

घुमिरहन्छन् आजकाल

मेराे मस्तिष्कमा मेराे मनमा

यही हाे मेराे आनन्दकाे क्षण ।


 

सजीव हाम्रो जीवनको कहानी

खेलेकाे डुलेकाे र घुमेकाे 

बचपन हो सबैकाे सुन्दर कहानी 

यो यादहरूको सँगालाे कहानी ।


 

पानीमा खेलेकाे वर्षातकाे मौसम,

बचपन हो हाम्रो सुन्दर माैसम

दिदीबहिनीहरू, भन्छन् हेर मलाई

हाम्रो चिनारी पुस्तक जीवनकाे कहानी ।


 

छोटो बाटोमा, लामा सपनाहरू

सपनाभित्रका उज्याला विपनाहरू

बाल्यकाल मिठा सम्झना र स्मृति

युवा अवस्थाका यादगार पलहरू ।