Logo

Student Corner

गाई

Written by: Aaron Singh - 32035, Grade IV

Posted on: 06 December, 2023

 गाई  घरपालुवा जनावर  हो । गाई शाकाहारी जनावर हो । गाईका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा  कान र एउटा पुच्छर हुन्छ । यसले घाँस, पराल र कुँडो खान्छ । गाई विभिन्न जातिका हुन्छन् । गाई विभिन्न रङका हुन्छन् । गाईले दुध दिन्छ जुन हाम्रा लागि पाैष्टिक तत्वकाे आवश्यक स्रोत हो । गाईको दुधले हामीलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ । गाईको दुधबाट धेरै परिकारहरू बनाउन सकिन्छ । जस्तैः दही, माेही, नाैनी आदि । गाईको गोबर पनि धेरै प्रयाेजनका लागि प्रयोग गरिन्छ । जस्तैः मल बनाउन इन्धन र बायोग्यासको उत्पादनमा पनि गर्न सकिन्छ । गाईकाे मल खेतबारीमा हाल्दा तरकारी र अन्नहरू राम्ररी सप्रन्छ । हिन्दुधर्ममा गाईलाई लक्ष्मी माताको रुपमा पूजा गरिन्छ । नेपालमा गाई तिहारकाे दिन गाईकाे पूजा धुमधामले गरिन्छ । गाई नेपालकाे राष्ट्रिय जनावर पनि हाे । गाई हामी सबैको लागि उपयोगी जनावर हो । त्यसैले हामीले गाईको संरक्षण गर्नुपर्छ।