Logo

Student Corner

संसार

Written by: Aayotrie Chaudhary - 27019, Grade IX

Posted on: 05 December, 2023

ढोकाहरू चिच्याए जस्तै आवाज 

बिहान चराहरू चिच्याउँछन्

चरा सधैँ हावामा स्वतन्त्र हुन्छन्

इन्द्रेणीमाथि अनन्त यात्रा गर्दै

बेग्लै संसारमा रमाइरहेछन् ।


 

रातमा चम्किलो चन्द्रमा उदाएपछि

मनका सारा खुसीहरू पाेखिन्छन्

 मैले क्याटरपिलर बनेर कम्बलको

कुनामा लुक्ने प्रयास गरेँ

ती लुकाइहरू पाेखिएर गए ।


 

माछाहरू समुद्रमा पौडी खेल्छन्

त्यहाँ फरक संसार छ उनीहरूकाे

तिनीहरूले पानीको फोका छोडेर 

आफ्ना गिलबाट सास फेर्छन्

त्यही सासमा आश र जीवन छ ।


 

मलाई सधैँ अरूलाई हेरेर रमाउँथे

म सोच्थेँ कि मानिसहरू  किन

मानिसलाई हेरेर रमाउन सक्दैनन्

आफूले चाहेको ठाउँमा जान र गर्न

अरू प्राणी जस्तै मानिस किन स्वतन्त्र छैन ?


 

प्रत्येक मानिसका आफ्नै विचारहरू छन्

तर विचारमा मानिसहरू अडिग  छैनन्

किनकि, म ढुक्कले भन्न सक्छु 

यो घृणाले भरिएको संसार हो

यहाँ मायाभन्दा घृणा बढी छ ।