Logo

Student Corner

पर्यटनकाे महत्त्व

Written by: Yunil Ghimire - 24050, Grade XII

Posted on: 04 December, 2023

 लागि राम्रो बस्ने ठाउँ र वातावरण चाहिन्छ।  यदि पर्यटकको लागि राम्रो बस्ने ठाउँ भएन भने उनीहरू नेपाल आउँन छाेड्छन् । त्यो कुरा न हुन दिनको लागि हामीले राम्रो ठाउँहरूको निर्मानेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे देश हाे । कुनै पनि देशले आर्थिक रूपमा छिटाे विकास गर्न चाहन्छ भने त्यसले पर्यटनको महत्त्व बुझेर पर्यटकका लागि चाहिने सबै पूर्वाधारकाे विकासमा लाग्नुपर्छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्त्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठाने, र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठुला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराउन थाल्याे । पर्यटककाे वृद्धिसँगै बेरोजगारी समस्या कम हुने र प्रत्यक्ष रूपमा आर्थिक क्रियाकलापहरूमासमेत यसले प्रभाव पार्न थाल्याे ।  त्यसपछि पर्यटन क्षेत्रकाे महत्त्व बढ्दै जान पनि थाल्याे ।

खास गरी पर्यटन व्यवसायबाट नेपालजस्ता देशहरूले भरपुर फाइदा लिन सक्छन् । पर्यटन क्षेत्रले नेपालकाे राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ । हाम्रो देश नेपाल सुन्दरताकाे खानी हाे । हाम्राे देशलाई प्रकृतिले धेरै कुरा दिएकाे छ । विश्वका हिमालहरूमध्ये धेरै अग्ला हिमालहरू नेपालमै रहेका छन् । यी हिमालले नेपालकाे सुन्दरता बढाउने काम गरेका छन् । यस्तै यहाँका हरिया वनजङ्गल र सुन्दर पहाडले पर्यटककाे मन लाेभ्याएका छन् । नेपालका विभिन्न ताल खाेलानाला झरना आदि हेर्नका लागि बर्सेनि विभिन्न स्वदेशी तथा  विदेशी पर्यटककाे भिड लाग्ने गर्छ । त्यसैले नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे मुलुक हाे । 

नेपालका विभिन्न कला संस्कृति र रहनसहनले पनि पर्यटककाे मन तान्छ र उनीहरूकाे राेजाइमा नेपाल सुन्दर र घुम्नलायक ठाउँ  हाे । हाम्रा प्राकृतिक सौन्दर्यले पर्यटकहरूका लागि प्रमुख आकर्षणको रूपमा काम गर्न सक्छन् । पर्यटकहरू एक प्रकारका प्रमुख आर्थिक गतिविधि हुन् ।  यसले राज्यको राजस्व, उत्पादन र अर्थतन्त्र बढाउने पर्यटन आयआर्जनकाे राम्राे स्राेत हाे । पर्यटन उद्योग नेपालको सबैभन्द ठुलो उद्योग हाे भन्न सकिन्छ । पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटकीय गन्तव्य, बस्ने ठाउँको विकास र पुराना ठाँउहरूको मर्मत गरी पर्यटनलाई व्यवसायकाे रूपमा विस्तार गर्नु सबै नागरिककाे कर्तव्य हाे । 

नेपाल एउटा विकसित  भैरहेको देश हो । पर्यटन सेवा  पनि एउटा मुख्य कारण हो जसले नेपालको निर्माण को लागि धेरै मदत गरेको देखिन्छ । पर्यटन सेवाले देशमा धेरै बिदेशी पैसा भित्रिने गर्दछ ती पैसाले नेपाल विकसित गर्न धेरै मद्दत गरेको छ ।  

नेपालमा धेरै हिमाल पहाड झरनाहरू छ।  यी प्राकृतिक कुराहरू हेर्नको लागि धेरै विदेशीहरू नेपाल भित्रिने गर्दछन् । उनीहरू  नेपालमा आएर हिमालहरू चड्ने , र्‍याफ्टिङ गर्नेजस्ता विभिन्न कामहरू गरेको देख्न सक्छाैँ ।  उनीहरू  यी प्राकृतिक सुन्दरता हेर्नको लागि मात्र नभएर नेपालका चाड र संस्कृतिको मज्जा लिनको लागि पनि नेपाल आउने गर्दछन्।  यी कुराहरूबाट आएको पैसाले नै धेरै जसो कुराहरू नेपालमा विकसित  हुँदै गैरहेको देख्न सकेका छौँ ।  पर्यटनको मद्दतले गर्दाखेरि बिदेशीहरले हाम्रो देशको संस्कृति सिक्छन् र चाडपर्वको बारेमा सिक्छन् ।  उनीहरूले यो कुरा देखेको कारणले गर्दा नेपालको बारेमा अरू  देशका मानिसले पनि धेरै जानकारी पाउने गर्दछन् । यसले गर्दाखेरि झन् धेरै पर्यटकहरू नेपाल भित्रिने गर्दछन् । याे देशका लागि फाइदाकाे कुरा पनि हुने छ ।  

पर्यटक नेपालमा आएर मात्र हुँदैन उनीहरूकोण गर्ने र राम्रो होटेलहरू बनाउनु पर्ने छ। यदि यी कुराहरू नेपालमा निर्माण गरियो भने पर्यटनको क्षेत्र आजै बढ्ने छ ।