Written by: Riddhis Sharma - 26006, Grade X
Posted on: 04 December, 2023
साना साना कदम बढाउँदै
पाइलाहरू सार्दा सार्दै,
कुन परिस्थितिमा आइपुगेछु
मैले चालै पाइनँ ।
जीवनको यो रमणीय यात्रामा
कहिले हराएछु
मैले थाहै पाईन ।
नयाँ मानिस र असल साथी खोज्दै
प्रकृतिको सुन्दरतालाई नियाल्दै
यस संसारका रहस्यका बारेमा सोच्दै
यो ब्रमहाण्डको विचित्रतामा हराएछु म ।
जती हरायो त्यति रमाउने यो प्रकृतिमा
मैले आफ्नोपन भेटेँ।
मानिसले बिगारेको वनलाई
आफ्नो साथी ठानेँ ।
विनाशकारी विपरित बुद्धि भन्थे
मानिस त्यस्तै हुँदा रहेछन् ।
जति सिकाए पनि
त्यही प्रकृतिको नाश गर्दछन् ।
कति स्वार्थी है यो मानव जाति
आफ्नो सुखी जीवनका लागि
प्रकृति र पृथ्वीलाई उजाड बनाएको छ
उसकै विनाश गर्दै छ ।
सत्य युगमा देव र अशुर लोकको युद्ध भयो,
त्रेता युगमा राम र रावणको युद्ध भयो ।
द्वापर युगमा माहाभारतको युद्ध भयो
तर यो युगमा मानिसले आफैँसँग युद्ध लड्नु छ ।
मानिसले आफैसँग लडिरहेछ,
आफैसँग कराइरहेछ
स्वार्थमा आफैँ अल्झिरहेछ
ईश्वरमा श्रद्धा नै छैन,
र आफूलाई मद्दत गर्नेलाई
जरा काट्न थाल्याे ।