Logo

Student Corner

दसैँ

Written by: Pritha Khanal - 30022, Grade VI

Posted on: 04 December, 2023

दसैँ नेपालीहरूकाे महान् पर्व हाे । याे चाड १५ दिनसम्म मनाइन्छ । दसैँकाे पहिलाे दिनलाई घटस्थापना भनिन्छ । यस दिन घरघरमा जमरा राखिन्छ ।  दसैँकाे साताैँ दिनलाई सप्तमी भनिन्छ । यस दिन घरघरमा फूलपाती भित्र्याउने चलन रहेकाे छ । दसैँकाे दसाैँ दिनलाई विजया दशमी भनिन्छ । याे दसैँकाे विशेष दिन हाे । यस दिन ठुलाबडाकाे हातबाट टीका र जमरा लगाई आशिर्वाद  लिने चलन छ । दसैँ भनेको रामकी पत्नी सीतालाई अपहरण गर्ने १० वटा टाउको भएको लङ्काकाे राजा रावणमाथि रामको विजयको प्रतीकको रूपमा मनाइने पर्व हो । दसैँ पारिवारिक पुनर्मिलन, आशीर्वादको आदानप्रदान र विस्तृत पूजा गर्ने समय हो । दसैँमा लामो छुट्टी हुन्छ ।  दसैँमा मानिसहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्छन्।  दसैँमा धेरै मन्दिर  र निजी घरहरूमा हजारौं बाख्रा, भैँसी, भेडा र कुखुरा काटिन्छन् । दसैँमा हामी ठाउँ ठाउँमा टीका लगाउन जान्छाैँ । नयाँ सामान किन्छाैँ ।  पिङ खेल्छाैँ । दसैँमा बुबाआमा,मामामाइजू, भाइ, बहिनी सबैसँग भेट हुन्छ त्यसैले मलाई दसैँ पर्व एकदमै मन पर्छ ।