Logo

Student Corner

कति रमाइलो तिहार

Written by: Anshuman Shah Thakuri - 32046, Grade IV

Posted on: 04 December, 2023

आयाे कति रमाइलो तिहार

छायो उमङ्गको बहार 

घर आँगन झिलिमिली

कति रमाइलो दीपावली

 काग, कुकुर, गाईलाई 

पूजा गर्ने चलन 

लक्ष्मीपूजा गरेर

 भित्र्याउने धन

देउसी भैलो खेल्न गई

नाचगान गर्छौं

 सबैजना रमाइ-रमाइ

 सेलरोटी मिठाइ खान्छाैँ

 दिदी भाइ मिलीजुली

 भाइटीका लगाउँछौँ

 यसरी नै मिलीजुली 

 हामी तिहार मनाउँछौँ॥