Logo

Student Corner

नेपाल

Written by: Aadhaya Bhandari - 27031, Grade IX

Posted on: 01 December, 2023

नेपाल सुन्दर र रमाइलो देश

स्वतन्त्र भइ बाँचेकाे आफ्नै भेष

सबै जाति एक अर्कासँग मिलेका 

सुनाैला हिमाल गुराँससँगै खिलेका

यही हाे मेरो देश नेपाल । 


 

पुर्खाहरूले विगतमा देशलाई जोगाए

हाम्रा वीर पुर्खाहरूले याे देश सजाए

नेपाल आफैँ लिन भनी आएका अङ्ग्रेज

सिमाना राेकी खुकुरी बाेकी त्यहीबाट भगाए ।


 

आफूले रगत र पसिना बगाई 

लखेटे शत्रुलाई भगाई भगाई 

बनाए यो सुन्दर, विशाल नेपाल  

यही हाे मेरो देश नेपाल । 


 

टुक्रिएकाे याे मेराे देशलाई

हराउन थालेकाे मेराे भेषलाई

बनाए उनैले याे देश एउटा

छन्, यहाँ धेरै मन्दिरमा द्याैता 

यही हाे मेरो देश नेपाल ।


 

नेपालमा छ संसारको सबैभन्दा उच्च हिमाल 

यसले पर्यटकहरूलाई स्वागत गर्छ

सुन्दरताले यहाँकाे साैन्दर्य छर्छ 

नेपालको नाम  चिनाउँछ विश्वमा 

यही हाे मेरो देश नेपाल ।