Written by: Sandesh Katuwal - 29064, Grade VII
Posted on: 01 December, 2023
हाम्रो विद्यालयमा खेलकुद सप्ताह विद्यार्थीहरूको लागि सधैँ रमाइलो समय हो हप्ताभरि विभिन्न खेलकुदका साथ, त्यहाँ सबैको लागि भाग लिने र रमाइलो गर्नको लागि धेरै खेलकुद थिए । टेबलटेनिसदेखि ब्याडमिन्टन, योगादेखि चेस र फुटसलदेखि बास्केटबलसम्म विद्यार्थीहरूको सहभागिता रहेको थियो । विभिन्न सदनका विद्यार्थीहरूले विभिन्न खेलकुदमा भाग लिएका थिए ।
मेची सदनको सदस्यको हैसियतले म आफ्नो सदनबाट फुटसल, टेबलटेनिसदेखि ब्याडमिन्टन,बास्केटबल खेलकुद म सहभागी भएँ । टुर्नामेन्ट सोमवार सुरु भयो र मेरो सदनले सबै खेलहरूमा जित हासिल गरेकोले म खुसँ भएँ, विहिवार धेरै प्रयासपछि फाइनल खेलमा पुग्याैँ । बास्केटबलमा पनि मेरो सदनले राम्रो खेल्यो र फाइनलमा पुग्यो । रमाइलो भइ रहेको थियो र अन्तिम दिनमा २ ओटा सदन फाइनालमा पुग्यो ।
फाइनलको दिन आयो र उत्साह उच्च थियो ।मेरो सदन फुटसल मा विजयी हुन सफल भयो, मेरो सदनका साथीहरू र सम्पूर्ण विद्यालय समुदायमा गर्वको साथ बस्योैँ ।केही क्षणपछि, बास्केटबल फाइनल कार्यमा सामेल भयो । हाम्रो खुसीको लागि, मेरो सदनले पनि जित हासिल गर्यो । विद्यालयमा आएर हामीले प्रमाणपत्र पायाैँ अनि खेलकुद समाप्त भयो ।फुटसल र बास्केटबल प्रतियोगितामा मेची हाउसको सफलतामा योगदान पुर्याएको भन्दै मेडल र प्रमाणपत्र प्राप्त गर्न पाउँदा म निकै खुसी छु ।
अन्त्यमा, खेलकुद सप्ताह सम्पन्न भयो , खेलकुद ठुलो उदाहरण थियो जसले हाम्रो विद्यालय समुदायलाई सम्झाएको थियो । विद्यार्थीहरूलाई खेलकुदप्रतिको आफ्नो लगन देखेर गुरु,गुरुआमाहरूले हामीलाई प्रोत्साहन दिनु भयाे । म यस्तो खेलकुद र साथका कारण धेरै खुसी छु । म भविष्यमा हुने खेलकुद कार्यक्रमहरूको लागि उत्साहित छु । जसले हाम्रो विद्यालयकाे नाम राेशन गर्ने छ ।