Logo

Student Corner

शनिवार

Written by: Abiska Giri - 31054, Grade V

Posted on: 01 December, 2023

१ हप्तामा सात दिन हुन्छन् ।  सात दिनमा सात ओटा वार पर्दछन् । आइतवार, साेमवार, मङ्गलवार, बुधवार, बिहीवार, शुक्रवार र शनिवार । यी सात ओटा वारमध्ये मलाई सबैभन्दा मनपर्ने वार भनेकाे शनिवार हाे । हप्ताभरिकाे प्याराे लाग्ने दिन हाे शनिवार किनभने शनिवार छुट्टी हुन्छ, स्कुल जानु पनि पर्दैन । शनिवार त मेरा बुबाआमाकाे पनि  छुट्टी हुन्छ । उहाँहरूलाई  पनि त मलाई झैँ शनिवार आउँदा रमाइलाे लाग्छ हाेला नि । म शनिवार ढिलासम्म सुत्छु । उठेपछि भान्सामा गएर आमालाई  खाना बनाउन सहयाेग गर्छु । शनिवार मैले बाबाआमासँग बसेर खाना खान्छु । गमलामा पानी पनि हाल्छु । आफ्नाे परिवारसँग समय बिताउन पाउँदा मलाई रमाइलाे लाग्छ । शनिवारकाे दिन म कहिले काहीँ आफन्तकाे घरमा जान्छु । कहिले काहीँ नाच्ने, गाउने र सिनेमा हेर्ने पनि गर्छु । शनिवारका दिन मेरा बुबाआमाले मलाई रमाइलाे ठाउँमा घुमाउन लैजानुहुन्छ त्यसैले त म शनिवार कहिले आउला भनेर कुर्छु ।