Logo

Student Corner

खुसीका आशा

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 30 November, 2023

“साक्षी ! तिमी कहिले आफ्नो परिवारलाई एस खत्तम प्रथाबारे किन भन्दिनाै ?” रहरले साक्षीको काखमा टाउको राख्दै साक्षीतर्फ हेर्दै सोध्छ । 

एकछिन सोचेपछि मात्र साक्षीको मुखबाट जवाफ निस्किन्छ, “मलाई थाहा छैन रहर । किन मलाई भन्न मन नै लाग्दैन । उहाँँहरूले सुनेनि यो प्रथालाई नराम्रो भनेर हेर्दैनन् भन्ने थाहा भएर हो कि डरले हो । कि सानैदेखि यसरी नै पालेर बानि भएर हो । मैले उहाँँहरूलाई भने पनि फाइदा हुँदैन जस्तो लाग्छ।” “तर उहाँँहरूलाई यस कुराको बारेमा जान्नु जरुरी छ साक्षी । उहाँहरूलाई यो प्रथाको हानिकारक असरहरूबारे जान्न धेरै जरुरी छ साक्षी । उहाँँहरू तिम्रो परिवार हाे, अलिकति प्रयास गरेपछि बुझ्नुहाेला कि ! ” रहरले भन्छ । 

“उहाँहरू मेरो परिवार हाे त्यसैले भनिरहेकी छु । उहाँहरूले हाम्रो कुरा बुझ्नुहुन्न रहर । उनीहरूको आँखामा हाम्रा विचारहरू बच्चाहरूका विचार हुन् । उहाँहरूको विश्वासको विरुद्ध जाने हाम्रो सोच हाम्रो बोली उहाँहरूका लागि मजाक हुन्छन् रहर।”, साक्षीले हाँस्दै भन्छे। 

रहरले साक्षीको लामो परेला र सुन्दर अनुहारतर्फ हेरिरहेको हुन्छ । साक्षी गाउँका केटीहरूमध्ये एकदमै सुन्दर थिई । रहरको आँखामा त झन् सुन्दर । १६ वर्षीय साक्षी र रहर स्कुलको ४ कक्षादेखि प्रेमीप्रेमिका रहेका थिए । उनीहरूलाई कोसैले छुट्टाउन सक्दैनथे । उनीहरूको परिवारहरूलाई उनीहरूको सम्बन्धको बारेमा केही थाहा थिएन र उनीहरू केही भन्ने इरादामा पनि थिएनन् । आखिर साक्षी रहरभन्दा गरिब परिवारबाट बुबाआमाको पसिनाले बगेको पैसाले बोडिङ्ग स्कुलमा पढ्न आएकी थिई । आफ्नो आमा बुबाको छोरी बोडिङ्ग स्कुलमा पढोस् भन्ने इच्छा पूरा गर्न मात्र पढिरहेकी थिई । तर उसको धेरै जस्तो बेला पढाइ छुट्टिन्थ्यो । ऊ हरेक महिना बिरामी भएको बहाना बनाएर स्कुल १ हप्तासम्म आउँदिनथी । किनकि उसलाई महिनावारी भएको बेला छाप्राेमा लगेर राखिन्थ्यो र पढ्न जान पनि दिइँदैनथ्याे । उसको स्कुलले परिवारलाई यो समस्याको बारेमा धेरै पटक सम्झाउन त खाजेका हुन् तर साक्षीका आमाबुबा धेरै अन्धविश्वासी थिए । 

यस प्रथाका कारण बिचरी त्यो साक्षीलाई १६ वर्षको उमेरसम्म तिन पटक महामारीको रोग लागिसकेको थियो । तर पनि उसका आमाबुबाले आफ्ना आँखाबाट अन्धविश्वासकाे आँखा खोलेनन् । “तिमी साच्ची निश्चित छौ आफ्नो निर्णयबारेमा ?” रहरले सोध्छ । 

“म निश्चित छु रहर। मलाई थाहा छ हामीले गर्न आटेको कुरा कति कठिन निर्णय हो भनेर तर हामीले यो गर्नैपर्छ रहर । यहाँ बस्यौ भनी मेरो परिवारले मलाई काँच्चै खान्छ र त्यहाँ गएर नि केही भयो भनी म सकेसम्म प्रयास त गरे भनेर हुन्छु रहर । मलाई यो गाउँभन्दा धेरै टाढा हेर्नु छ रहर ।  मलाई यो नदी  कता गएर सक्किन्छ हेर्नु छ। म यता बसेर बाँच्न सक्दिनँ रहर । त्यसैले म पनि तिमीसँगै………….”, साक्षीले दुरीमा बगिरहेको नदीतर्फ हेर्दै भन्छे। 

“तिमी निश्चित छौ भनी त् मा पनि निश्चित छु । तिमीलाई थाहा नपाइकन चैँ कसरी भगाउने भनेर अलि गारो छ । तर तिमी चिन्ता नगर साक्षी म तिमीलाई यहाँबाट जसरी भए पनि भगाएर लान्छु।”,रहरले साक्षीको हात समाएर उसको आँखामा हेरेर भन्छ । “म मेरो पढाइ भारतमा पूरा गरिरहेको हुन्छु । अनि, म काम पनि गर्छु अनि तिमीलाई खुसी राख्छु।” साक्षीले रहरको आँखामा हेरिमात्र रहन्छे र हाँस्छे तर केही बोल्दिन। 


 

“हामी पर्सिसँगै लुकेर निस्किनुपर्छ हस् ? भारत पुगेपछि हाम्रो खुसीका दिन सुरु हुन्छन् साक्षी । अनि मेरो पढाइ सकिएपछि म तिमीसँग विवाह पनि गर्छु।”

“हस् हस् हजुर ! आउलान् हाम्रा दिनहरू अब तपाईंको बाऊ खोज्न आउनुभन्दा पहिले छिटो गैस्योस्।” साक्षी रहरलाई  बिदा गर्दै भन्छे। 

“म भोलि नि आउँछु, मेरो लागि पर्खिराख है।”

“हस् हस् हजुर ! पर्खौला।”