Written by: Aaradhya Prasai - 28001, Grade VIII
Posted on: 30 November, 2023
कस्ताे गीतजस्ताे जीवन रहेछ
सुर मिलाएर चल्नुपर्ने ।
एउटा लक्ष्य पो रहेछ
जसरी पनि हासिल गर्नु पर्ने ।
गीत जस्तै सुरिलो बनाउनु छ
यो जीवनलाई ।
माया गर्ने धेरै पाइन्छ
तर अन्त्यमा सबैले छाड्ने नै हो ।
एउटा परीक्षा रहेछ यो जीवन
राम्रो फल ल्याउनु पर्ने ।
जसरी भए पनि हामी
उचाइलाई छुनै पर्ने ।
जीवन एउटा फल रहेछ
त्यो मिठास नपाइ सुखै नहुने ।