Logo

Student Corner

कस्तो हो यो दसैँ ?

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade IX

Posted on: 29 November, 2023

हिन्दुहरूको महान् चाड दसैँ

आयो आयो आयो भन्छन् दसैँ 

बजारभरि छ निकै  भिडभाड

आयाे रे याे निकै खुसीकाे चाड ।


 

बजारमा किनमेल गर्नेकै छ ताँती 

सबै खुसी हुने धेरै जाती

स्कुलमा पनि दसैँको बिदा 

रमायाैँ हामी साथीसाथी मिल्दा ।


 

मेरो प्यारो छ सबैको प्यारो 

आयो आयो आयो दसैँ प्याराे

पहिलो दिन जौ र मकै माटामा छरेर

 हाली राख्यौँ जमरा रमाइलाे गरेर ।


 

सुरु गर्दै यस चाडलाई मनाउन

टाेलटाेलमा लागे बाजा बजाउन ।

गर्ने हाे रमाइलो हामीले सबैले 

मनाएर दसैँ खुसी र उमङ्गले ।

 

यो हो नेपाली एक महान् चाड 

तर बन्यो मेरो सहर सुनसान

आए सबै आफ्नो गाउँमा रमाउन

दसैँ आयाे दसैँ हाँसी हाँसी रमाउन।