Logo

Student Corner

नेपाली यो सुन्दर प्रकृति

Written by: Roji Gurung - 26007, Grade X

Posted on: 28 November, 2023

आकाशमा बादल घुम्दैछ,

आकाशकाे त्याे बादलसँगै

हेर्दाहेर्दा मन मेराे फुल्दै छ,

हिमाल, पहाड अझै उठ्दै छ,

सपनाहरू राख्दै छ

 फुलहरू  खिल्दैछ।


 

प्रकृतिको सौन्दर्य मनमोहक छ,

पुरानो संस्कृति र सभ्यता छ,

नेपालको अनेकाैँ रूप सुन्दैछु,

एकतामा सयपत्री माला उन्दै छु ।

म नेपाली नेपालमै रम्दै छु 

यहाँकाे प्रकृतिमा गर्व गर्दै छु ।


 

सगरको किनारामा बादल पर्छ,

पर्वतको चोटीमा तारा चम्कन्छ,

नेपालको सौन्दर्य अनमोल छ,

यो देशलाई प्रेम गरिरहन  मन छ ।


 

नेपाल, तिम्रो सुन्दर दृश्यमा,

म सधैँ प्यार गर्दछु तिमीलाई, 

तिम्रो सौन्दर्य र सुन्दर रचना

मेरो मन खुसी छ तिमीलाई देख्दा ।


 

तिम्रो सुन्दरताको वर्णन कसरी गरुँ,

तिम्रो मुहार हेरेर हाँस्न मन लाग्छ, 

तिमी जस्तै चुलबुल हुन मन लाग्छ,

तिम्रो मुस्कानमा मरिजाऊँ जस्तो लाग्दछ।  


 

गर्मिको बेला तिमी फूल झैँ फक्रिन्छाै,  

जाडोको बेला तिमी थरथर काँप्छाै,

त्यही नि तिम्रो सुन्दरता उस्तै छ

जहिले त्यतिकै रहिरहने छ ।