Logo

Student Corner

खाली चाड

Written by: Krishma Thapa - 27005, Grade IX

Posted on: 27 November, 2023

खुसीको चाड तिनीहरूका लागि खाली छ

शून्यता र निराशामा उजाडिएका छन् 

उनीहरूका कैयाैँ आशाका दिनहरू

किन्न नसकेका पैसाले उनीहरूका 

मिठा चाडपर्वहरू र खुसीहरू ।


 

तिनीहरूले भविष्यको आशा गरेका थिए

भविष्य वर्तमानमा आउँदा

भूत भएर हराउँदा पनि 

भविष्यकाे पर्खाइ जहाँकाे तहीँ छ ।

जुन माटोमा मिसिए जस्तै छ 

पानीमा घुलिए जस्तै छ ।


 

 उनीहरूका आशा र सपनाहरू पनि 

शीतका थाेपा जस्तै हराएका छन् ।

उनीहरूको परिवार  कमिलाकाे ताँती जस्तै

रुमलिएकाे छ, अलमलिएकाे छ,

अहिले छरपस्ट भएको छ,

मानाैँ पहिराेले बाटाे नै मेटिदिएकाे छ । 


 

साथै तिनीहरूको आशा, 

तिनीहरूले सपना देखेको भविष्य

हरेक सम्झनाले सधैँ दुख्छ

विशेष गरी चाडपर्वहरूमा 

अनिद्राका यस्तै रातहरूमा


 

सबैका लागि खुसीको पर्व होइन

खुसी हुन सक्नेका लागि पर्व हाे

हरेक चाडले सबैमा खुसी ल्याओस्

आँसुको साथ खाली चाड नजाओस् ।