Logo

Student Corner

पर्वहरू

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 26 November, 2023

पर्वहरूसँग सजिन्छ यो दुनिया,

खुसीका पलहरू लिएर आउँछ साथमा

तिहारको दिपावली रमाइलो आउँछ,

आफ्नो परिवार हर्ष र उल्लास जगाउँछ ।


 

होलीको रङ्ग, खुसी र उमङ्ग बोकेर

विजयको हर्षोल्लासको भाव

कुरेर बसिरहेछ , खुसीको साथ

सबै बिर्सन्छन् दुखका भाव


 

नयाँ वर्षको नयाँ आशा,

 नयाँ सपना, हराएर निराशा

कुरिरहेछ , उमङ्गको भाव

नयाँ साल आएको छ हर्षको साथ ।


 

दशैँ विजय, पूजा र प्रेम

तिहार , ल्होसार, अनि माघी 

आपसी प्रेमका सबै साथी

सबै एकसाथ छन् नेपाली

पर्वहरूमा छन् खुसीयाली

 सुख र आनन्दका साथमा


 

तिजको दिनमा सनिन्छन्

नेपाली नारी , लगाएर रातो सारी

हर्ष र प्यार छ यो पर्वको यात्रा।

छन् यस्ता मेरा अनेकौँ जात्रा 

जीवित छन् मेरा हर्षहरू

हर्ष लिएर आउने मेरा पर्वहरू ।