Logo

Student Corner

हाम्रो घर

Written by: Nitika Kapali - 2029019, Grade III

Posted on: 08 September, 2020

मेराे नाम नीतिका कपाली हाे । हाम्रो घरमा तीन जनाकाे सदस्य छाैँ । मेरी आमा, बाबा र म घरमा मिलेर बस्छाैँ । हाम्रो घर जयवागेश्वरीमा छ । हाम्रो घर तीन तलाकाे छ । हाम्रो घारमा आठवटा कोठाहरू छन् । हाम्रो घर इँटा, बालुवा र सिमेन्टले बनेको छ र हाम्रो घरकाे दुई तलामा अरु नै मानिसहरू बहालमा बस्छन् । हाम्रो घरमा बरण्डा पनि छ ।  हामी त्यस बरण्डाबाट गाईजात्रा तथा अन्य पर्वहरू हेर्छाैँ । हाम्रो घरको कौसीमा एउटा सानो बगैँचा पनि छ । त्यस बगैँचामा धेरै थरीका फूलहरू छन् ।  मलाई हाम्रो घर धेरै मनपर्छ ।